नयाँ बानेश्वरबाट ३० लाख नगदसहित क्रिप्टो र हुण्डी कारोबारी पक्राउ
सारांश
- काठमाडौँको नयाँ बानेश्वरबाट अवैध क्रिप्टो र हुण्डी कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीले उनीहरूको साथबाट ३० लाख नगद, ६ थान मोबाइल र एक थान म्याकबुक बरामद गरेको छ।
- पक्राउ परेकाहरूमाथि कानुन बमोजिम थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ।
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रलाई केन्द्र बनाएर अवैध रूपमा क्रिप्टो करेन्सी र हुण्डीको कारोबार गरिरहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले गोप्य सूचनाको आधारमा आइतबार साँझ चार जनालाई ३० लाख रुपैयाँ नगद र कारोबारमा प्रयोग हुने विद्युतीय उपकरणसहित नियन्त्रणमा लिएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत अभौतिक मुद्रा र अवैध वित्तीय कारोबार गरेको आरोपमा उनीहरूमाथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरूमा चितवन घर भई हाल झम्सिखेल बस्ने ३२ वर्षीय सवन अधिकारी, तारकेश्वरका २५ वर्षीय आशिष अधिकारी, ठमेल बस्ने ३२ वर्षीय रबिन जि.आर र इमाडोलका ३७ वर्षीय अनित्य शाक्य रहेका छन् ।
उनीहरूले क्रिप्टो करेन्सीको खरिदबिक्री र हुण्डीमार्फत ठुलो रकम ओसारपसार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले उनीहरूको साथबाट ३० लाख नेपाली रुपैयाँ नगदका साथै विभिन्न कम्पनीका ६ थान मोबाइल र एक थान एप्पल कम्पनीको म्याकबुक बरामद गरेको छ ।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबार र दफा १६२ (क) अनुसार अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर अन्तर्गत मुद्दा चलाइने तयारी गरिएको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण