ओलीले जेनजी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्छ : पुन
सारांश
- सांसद महावीर पुनले जेनजी आन्दोलनमा भएको गल्तीलाई स्वीकार गर्न केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
- सरकार प्रमुखको हैसियतले गल्ती स्वीकार गरी माफी माग्न ओली र लेखक हिच्किचाउन नहुने पुनको भनाइ छ।
काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन् ।
मंगलबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको भए पनि सरकारको प्रमुख व्यक्ति भएको नाताले गल्ती गरिएछ भन्ने स्वीकार गरेर माफी माग्न हिच्किच्याउन नहुने बताएका हुन् ।
उनले भने, ‘आज उनीहरूले गोली चलाउने आदेश दिएनन् रे । तर प्रमुख त उनीहरू थिए नि त । अनि थाहा पाइएन भनेर सुख पाइन्छ ? आफू प्रमुख हुँदा आफू मातहतका कसैले गल्ती गर्यो, बिरायो भने बिराएछ भनेर भन्न त सक्नु पर्यो नि त । ल म क्षमा माग्छु पनि भन्नुपर्यो । क्षमा मागेर को मान्छे घट्छ ? घट्दैन नि । बिराएको कुरा, गल्ती भएको कुरालाई आफू जिम्मेवार व्यक्ति भएपछि गल्ती स्वीकार नगर्ने हो भने किन मुख्य व्यक्ति हुने ? त्यो मेरो आफ्नो मनको कुरा हो ।’
फरक प्रसङ्गमा सांसद पुनले संसद्मा सांसदहरूले राखेका माग सरकारले सम्बोधन गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण