इरानद्वारा पनि युद्धविरामको औपचारिक पुष्टि : भन्यो, ‘हाम्रो हात अझै ट्रिगरमै छ’
सारांश
- इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ते युद्धविराम सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गरेको छ।
- इरानले यो सम्झौतालाई आफ्नो रणनीतिक जितका रूपमा व्याख्या गर्दै स्थायी शान्तिका लागि इस्लामावादमा वार्ता हुने जानकारी दिएको छ।
- युद्धविरामको घोषणा गरे पनि इरानले आफ्नो हात अझै ट्रिगरमै रहेको भन्दै दुश्मनको कुनै पनि गल्तीको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
तेहरान। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ते युद्धविराम सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गरेको छ। मेहर न्युज एजेन्सीमार्फत सार्वजनिक गरिएको वक्तव्यअनुसार इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्ताबा खामेनीको स्वीकृतिपछि यो निर्णय लिइएको हो।
इरानले यस सम्झौतालाई आफ्नो देशको ठूलो जीतका रूपमा व्याख्या गर्दै स्थायी शान्तिका लागि अब पाकिस्तानको इस्लामावादमा वार्ता हुने जानकारी दिएको छ। इरानी सुरक्षा परिषदले यो वार्ता अमेरिकाप्रतिको पूर्ण अविश्वासका बिच सुरु हुन लागेको स्पष्ट पारेको छ।
इरानले वार्ताका लागि दुई हप्ताको समय छुट्याएको छ, जसलाई दुवै पक्षको सहमतिमा थप गर्न सकिने प्रावधान राखिएको छ। वक्तव्यमा यो सम्झौतालाई ‘दुश्मनको आत्मसमर्पण’ को रूपमा चित्रण गरिएको छ र सम्पूर्ण नागरिक, बुद्धिजीवी तथा राजनीतिक दलहरूलाई यो प्रक्रियामा एकजुट भई साथ दिन आह्वान गरिएको छ। इरानले यस घडीमा विजयको उत्सव मनाउन र कुनै पनि विभाजनकारी अभिव्यक्ति नदिन आफ्ना जनतालाई आग्रह गरेको छ।
युद्धविरामको घोषणा गरे पनि इरानले कडा चेतावनी दिन भने छाडेको छैन। सुरक्षा परिषदले जारी गरेको सन्देशमा भनिएको छ, ‘हाम्रा हातहरू अझै पनि बन्दुकको ट्रिगरमै छन्।’ यदि वार्ताको क्रममा दुश्मनले थोरै मात्र पनि गल्ती गरेमा त्यसको पूर्ण शक्तिले प्रतिकार गर्ने चेतावनी इरानले दिएको छ।
इरानका अनुसार यदि वार्ताबाट ठोस राजनीतिक उपलब्धि हासिल नभएमा इरानी राष्ट्रका सम्पूर्ण मागहरू पूरा नभएसम्म रणमैदानमा पुनः लडाइँ जारी रहनेछ।
हालका लागि यो युद्धविरामले पश्चिम एसियामा जारी भीषण सैन्य टकरावलाई केही मत्थर पारेको छ। इरानले यसलाई रणनीतिक सफलता मानेको छ भने वार्ताको भविष्य अमेरिका र इजरायलको आगामी कदममा निर्भर हुने देखिन्छ।
इस्लामावादमा हुने भनिएको उच्चस्तरीय वार्ताले यस ६ हप्ते विनाशकारी युद्धलाई स्थायी अन्त्यतर्फ लैजान्छ वा पुनः युद्धकै स्थितिमा फर्काउँछ भन्ने कुरा अबको दुई हप्ताले तय गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण