वैदेशिक ऋणको भरमा देश चलाउन खोज्नु गलत : सांसद शाही
सारांश
- सांसद महेन्द्रबहादुर शाहीले सरकारलाई वैदेशिक ऋण र अनुदानको भरमा मात्र देश नचलाउन सुझाव दिएका छन्।
- उनले मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न र भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
- सांसद शाहीले भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै परराष्ट्र नीति अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास गर्न नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले देशमा आत्मनिर्भर अर्थतन्त्रको विकासमा ठोस कदम चाल्न सरकारलाई सुझाव दिएका हुन्।
सांसद शाहीले सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए। उनले भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर परराष्ट्र नीतिलाई अघि बढाउन पनि सरकारले ठोस कदम चाल्न आवश्यक रहेको बताए।
सांसद शाहीले भने, ‘वैदेशिक अनुदान र ऋणको भरमा मात्रै देश चल्नु हुँदैन। आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक छ। सरकारले यसतर्फ ठोस कदम चालोस्। नेपालको भूराजनीतिक संवेदनशीलताप्रति सचेत रहँदै पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा मात्र सरकारले परराष्ट्र सम्बन्ध अघि बढाओस् भन्ने म आग्रह गर्न चाहन्छु। साथै, सबै भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्।’
सांसद शाहीले सरकारले बिनाभेदभाव मुलुकमा सुशासन कायम गर्ने अभियानलाई तीव्रता दिनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण