सुधन गुरुङले स्वीस बैंकमा नेपालीको अवैध रकमबारे अनुसन्धान गर्न सहयोग मागे
सारांश
- गृहमन्त्री सुधन गुरुङ र स्वीट्जरल्यान्डका राजदूत डा.डानिएल मैवलीबिच भेटवार्ता भएको छ।
- मन्त्री गुरुङले स्वीस बैंकमा नेपालीहरूको अवैध रकमबारे अनुसन्धान गर्न र उक्त रकम फिर्ता ल्याउन सहयोग मागेका छन्।
- राजदूत डानिएलले नेपालमा विपद् जोखिम न्यूनीकरण र पूर्व चेतावनी प्रणालीमा सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालस्थित स्वीट्जरल्यान्डका राजदूत डा.डानिएल मैवलीबिच भेटवार्ता भएको छ । बुधबार गृहमन्त्रालयमा भएको भेटवार्तामा मन्त्री गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे/नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्।
भेटमा राजदूत डानिएलले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन्। राजदूत डानिएलले दुई सरकारबिच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाइन्। गृहमन्त्री गुरुङले उक्त विषय हाल छलफलमा रहेको बताए।
साथै नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार लगायतका कसूरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैङ्कमा जम्मा गरे नगरेको विषयमा अनुसन्धानका लागि दुई देशबिच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गुरुङले राजदूतसमक्ष अनुरोध गरे।
विपद् व्यवस्थापनको क्षेत्रमा गृहमन्त्रीको एक दशक भन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेकोप्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवम् विपद् जोखिम न्यूनीकरणका लागि पूर्व चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
गृहमन्त्री र नेपालका लागि स्वीस राजदूतले दुई देशबिचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर तथा सुदृढ परस्पर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण