मेलनिया ट्रम्पले गरिन् जेफ्री एप्स्टिनसँग सम्बन्ध अस्वीकार
सारांश
- प्रथम महिला मेलनिया ट्रम्पले यौन दुराचारी जेफ्री एप्स्टिनसँग आफ्नो कुनै पनि सम्बन्ध रहेको दाबीलाई खण्डन गरेकी छिन्।
- उनले एप्स्टिनका यौन तस्करीका पीडितहरूका लागि अमेरिकी कांग्रेसमा औपचारिक सुनुवाइको माग गरेकी छिन्।
- मेलनियाले एप्स्टिन र घिसलेन म्याक्सवेलसँग आफ्नो कुनै संलग्नता नभएको र यी हल्लाहरू दुष्प्रचारपूर्ण भएको बताएकी छिन्।
वासिङ्टन डीसी । अमेरिकन प्रथम महिला मेलनिया ट्रम्पले यौन दुराचारी जेफ्री एपस्टिनसँग आफ्नो कुनै पनि सम्बन्ध रहेको दाबी अस्वीकार गरेकी छिन् । ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्ता आरोपहरू आजै समाप्त हुनुपर्ने बताएकी छिन् । बिहीबारको अप्रत्याशित घोषणामा उनले एप्स्टिनका यौन तस्करीका पीडितहरूका लागि अमेरिकी कांग्रेसमा औपचारिक सुनुवाइ गरिनुपर्ने माग गररेकी छिन् ।
एप्स्टिनले मेलनियालाई डोनाल्ड ट्रम्पसँग चिनाएको भन्ने अफवाह अनलाइनमा फैलिएका पछि यी हल्लाहरूलाई खण्डन गर्दै उनले यी सबलाई “दुष्प्रचारपूर्ण प्रयास” भनिन् । मेलनियाले आफू सन् २००० तिर एप्स्टिनसँग केवल सामान्य रूपमा भेटेको भन्दै त्यतिबेला आफूलाई कुनै प्रकारको दुव्र्यवहारबारे जानकारी नभएको स्पष्ट पारिन् । “म कहिल्यै पनि यससँग सम्बन्धित थिइनँ, न त कुनै रूपमा सहभागी नै थिएँ,” उनले भनिन् । त्यसैगरी उनले एप्स्टिनकी सहयोगी घिसलेन म्याक्सवेललाई पनि नचिनेको बताइन् ।
एप्स्टिनसम्बन्धी फाइलमा सार्वजनिक भएको सन २००२ को इमेलबारे प्रतिक्रिया दिँदै उनले त्यसलाई “सामान्य शिष्टाचारपूर्ण संवाद” मात्र भएको दाबी गरेकी छिन् । उक्त इमेलमा “जी” लाई सम्बोधन गरिएको छ । मेलमा जी भनेर घिस्लेन म्याक्सवेललाई सम्बोधन गरेको बुझिएको छ । सो सन्देशमा न्यूयोर्क म्यागजिनमा प्रकाशित एक कथाबारे प्रशंसा गरिएको देखिन्छ । उक्त लेखमा डोनाल्ड ट्रम्पले एप्स्टिनलाई “रमाइलो व्यक्ति” भन्दै प्रशंसा गरेका भनाइहरू पनि समावेश थिए ।
मेलनियाले एक्कासि यो घोषणा किन गरियो भन्ने कुरा स्पष्ट छैन । मेलनियाको कार्यालयले पनि उनले एपस्टाइनबारे बयान दिने कुनै पूर्व संकेत थिएन । ह्वाइट हाउसले उनको टिप्पणीलाई दैनिक तालिकामा राख्दा पहिले यो विषय साझा गरेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण