परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षीबिच भेटवार्ता
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच मोरिससमा द्विपक्षीय भेटवार्ता भएको छ।
- भेटका क्रममा दुई नेताले नेपाल-भारतबीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै आपसी सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । ९ औँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मोरिससको पोर्ट लुइस पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा.एस. जयशंकरबिच द्विपक्षीय भेटवार्ता भएको छ।
शुक्रबार भएको उक्त भेटमा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री खनाललाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
भेटका क्रममा दुई नेताले नेपाल र भारतबिचको लामो समयदेखिको बहुआयामिक सम्बन्धको समीक्षा गरेका छन्।
वार्ताका क्रममा दुवै पक्षबीच आपसी हितका विविध विषयमा रचनात्मक र भविष्यमुखी छलफल भएको जनाइएको छ। भेटपछि दुवै मन्त्रीले दुई राष्ट्रबिचको द्विपक्षीय सहयोगलाई थप सुदृढ र प्रभावकारी बनाउने साझा प्रतिबद्धता समेत दोहोर्याएका छन्।
हिन्द महासागर क्षेत्रको सुरक्षा, व्यापार र सहकार्यबारे छलफल गर्न अप्रिल १० देखि १२ सम्म मोरिससमा आयोजना भइरहेको यस सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनालले नेतृत्व गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण