औषधिको मूल्य वृद्धिबारे छानबिन समिति गठन, सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन
सारांश
- सरकारले औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको गुनासोपछि छानबिन समिति गठन गरेको छ।
- डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ।
काठमाडौँ । औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भन्ने उजुरी परेपछि सरकारले छानबिन समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चैत २६ गतेको पत्रअनुसार औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भन्ने उजुरी प्राप्त भएपछि छानबिन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार समितिले औषधिको मूल्य निर्धारण प्रक्रिया के हो, सो प्रक्रिया पूरा गरिएको हो वा होइन, मूल्य निर्धारणमा कुनै अनियमितता भएको भए त्यसमा को–को संलग्न छन् भन्ने विषयमा विस्तृत अध्ययन गर्नेछ।
समितिलाई सम्पूर्ण विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। शुक्रबार मन्त्रीस्तरको निर्णयअनुसार समिति गठन गरिएको हो।
समितिमा गोपीकृष्ण रेग्मी (प्रमुख, कानून शाखा) र कविन मलेकु(विषय विज्ञ, रुपन्देही) सदस्य रहेका छन्।
समितिले आवश्यक परेमा अन्य विज्ञ तथा कर्मचारीलाई समेत आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण