पूर्व–पश्चिम तेल पाइपलाइन पूर्ण क्षमतामा सञ्चालन
सारांश
- साउदी अरबले आक्रमणबाट क्षति पुगेको आफ्नो पूर्व–पश्चिम तेल पाइपलाइनलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ।
- पाइपलाइनको पम्पिङ क्षमता दैनिक करिब ७० लाख ब्यारेल पुगेको छ भने मनिफा तेल क्षेत्रको उत्पादन पनि दैनिक ३ लाख ब्यारेल पुगेको छ।
काठमाडौँ । साउदी अरबले गत साता भएको आक्रमणपछि क्षति पुगेको आफ्नो महत्त्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ।
ऊर्जा मन्त्रालयका अनुसार करिब १ हजार २०० किलोमिटर लामो उक्त पाइपलाइन क्षेत्रका दुई प्रमुख मार्गमध्ये एक हो । यसले स्ट्रेट अफ होर्मुज जलडमरूमध्य लाई बाइपास गर्दै तेल ढुवानी गर्छ।
आक्रमणका कारण दैनिक करिब ७ लाख ब्यारेल तेल उत्पादनमा असर परेको थियो । मन्त्रालयले आइतबार दिएको वक्तव्यअनुसार पाइपलाइनको पम्पिङ क्षमता पुनः दैनिक करिब ७० लाख ब्यारेल पुगेको छ भने मनिफा तेल क्षेत्रको उत्पादन पनि करिब ३ लाख ब्यारेल प्रतिदिन पुगेको छ । तर खुराइस तेल क्षेत्र मा पूर्ण उत्पादन पुनर्स्थापना गर्न अझै काम भइरहेको जनाइएको छ।
यसअघि युरोपेली अन्तरिक्ष एजेन्सीले उपलब्ध गराएको स्याटेलाइट तस्बिरमा साउदी अराम्कोको अबकैक प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिएको थियो । उक्त आगलागीको कारण तत्काल स्पष्ट हुन सकेको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण