मण्डला थिएटरमा नियमित ‘अतिरञ्जनको मनोरञ्जन’
सारांश
- काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा नाटक 'अतिरञ्जनको मनोरञ्जन' मञ्चन भइरहेको छ।
- सागर खाती कामीद्वारा निर्देशित उक्त नाटकले समाजमा देखिने अतिरञ्जन र मनोरञ्जनको प्रभावमाथि प्रश्न उठाएको छ।
- यो नाटक आगामी वैशाख १३ गतेसम्म हरेक दिन साँझ ५:३० बजे मञ्चन हुनेछ।
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा यतिबेला नाटक ‘अतिरञ्जनको मनोरञ्जन’ मञ्चन भइरहेको छ । गत १८ चैत्रबाट मञ्चन सुरु भएको नाटकले समसामयिक विषयवस्तुलाई हास्य तथा मनोरञ्जनात्मक रूपमा कलात्मक ढङ्गबाट प्रस्तुत गर्दछ ।
आगामी वैशाख १३ गतेसम्म नियमित रूपमा मञ्चन हुने नाटकको लेखक संयोग गुरागाईं हुन् । सागर खाती कामीको निर्देशन तथा कथा रहेको नाटकले मनोरञ्जनको सीमाभन्दा बाहिर गएर समाजमा देखिने अतिरञ्जन र त्यसका प्रभावमाथि प्रश्न उठाउने प्रयास गरेको छ ।
नाटकमा मनोरञ्जन र यथार्थबिचको सन्तुलन, सत्यको खोजी र मानवीय निर्णयका आयामलाई समेत प्रस्तुत गरिएको छ । मनोरञ्जनले सीमा नाघ्दा त्यसमा कति सत्य बाँकी रहन्छ भन्ने विषय समेत नाटकले गहिरो ढङ्गले उजागर गर्ने कोसिस गरेको छ ।
हरेक दिन साँझ ५ः ३० बजे मञ्चन हुने नाटकको शनिबार दिउँसो १ः ३० बजे अतिरिक्त शो समेत राखिएको छ । नाटकमा सोमनाथ खनाल, सन्दीप श्रेष्ठ, स्वप्निल घिमिरे, रोशन अधिकारी, यशोदा गुरुङ, सनम श्रेष्ठ, चक्र विष्ट, रिजन लामा, इन्द्रबहादुर राई, समीर भट्टराई, अमृत सुनार, रोशन मुर्मु, मृदुल ढकाल, सुस्मिता कार्की, तरुण देउवा, सायुज्य भण्डारी, भास्कर बुढा, निमिष कट्टेल र सौरभ चालिसे लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण