स्ट्रेट अफ होर्मुज खुलाउन वार्ता गदै फ्रान्स–बेलायत
सारांश
- फ्रान्स र बेलायतले स्ट्रेट अफ होर्मुजमा जहाजको आवागमन सहज बनाउन संयुक्त वार्ता गर्ने भएका छन्।
- राष्ट्रपति म्याक्रोँले समुद्री आवागमनको स्वतन्त्रताका लागि बहुराष्ट्रिय रक्षात्मक अभियान गठन गरिने बताएका छन्।
पेरिस । फ्रान्स र बेलायतले स्ट्रेट अफ होर्मुजमा जहाजको पुनः आवागमन सहज बनाउन संयुक्त वार्ता आयोजना गर्ने भएका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै समुद्री आवागमनको स्वतन्त्रता पुनःस्थापना गर्ने उद्देश्यले बहुराष्ट्रिय पहल गरिने बताएका छन् ।
उनका अनुसार फ्रान्स र बेलायतले अन्य इच्छुक देशहरूसँग मिलेर शान्तिपूर्ण बहुराष्ट्रिय मिसन गठनबारे सम्मेलन आयोजना गर्नेछन्। उनले यसलाई पूर्ण रूपमा रक्षात्मक अभियान भएको स्पष्ट पारेका छन् ।
म्याक्रोंले यो मिसन युद्धरत पक्षहरूबाट अलग रहने र परिस्थिति अनुकूल हुनेबित्तिकै कार्यान्वयन गरिने बताएका छन् । यसैबीच सीएनएनसँग कुरा गर्दै बेलायत सरकारका एक प्रवक्ताले लन्डनले फ्रान्ससहित अन्य देशहरूसँग मिलेर व्यापक गठबन्धन बनाउन प्रयास गरिरहेको बताएका छन् ।
उनका अनुसार स्ट्रेट अफ होर्मुजजस्तो महत्वपूर्ण जलमार्गमा जहाज आवागमन अवरोध हुन नदिइने र यसमा कुनै शुल्क लगाइनु नहुनेमा जोड दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण