१० वर्ष कैद सजाय ठहर भएका जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ
बुधबार, ०२ वैशाख २०८३, १६ : ४८
सारांश
- जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद र एक लाख जरिवाना तोकिएका फरार प्रतिवादी ईन्द्रबहादुर नेपाली पक्राउ परेका छन्।
- केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई काठमाडौंको नागार्जुन नगरपालिकाबाट पक्राउ गरेको हो।
- पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ।
काठमाडौँ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई विगत लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका सुर्खेत विरेन्द्रनगर-१२ घर भएका ४२ वर्षीय ईन्द्रबहादुर नेपालीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।
लामो समयदेखि लुकिछिपी काठमाडौंको नागार्जुन नगरपालिका-२ पानधारा बस्दै आएका नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बिहीबार सोही स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका नेपालीलाई अदालतको फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ।
अदालतले उनलाई तोकिएको कैद भुक्तानका लागि कारागार चलान गर्ने प्रक्रिया अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण