खड्कालाई स्पष्टीकरण सोध्नु हास्यास्पद : कृष्ण सिटौला
सारांश
- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद र अर्थहीन रहेको बताएका छन् ।
- उनले विशेष महाधिवेशनबाट गठित अनुशासन समितिले सोधेको स्पष्टीकरण आफूहरूलाई अमान्य रहेको स्पष्ट पारेका छन् ।
- खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेकाले उनलाई मात्रै स्पष्टीकरण सोध्नुको औचित्य नभएको उनको भनाइ छ ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद र अर्थहीन रहेको बताएका छन् ।
बुधबार खड्कालाई अनुशासन समितिले स्पष्टीकरण सोधपछि रातोपाटीलाई प्रतिक्रिया दिँदै सिटौलाले आफूहरूले मान्यता नदिएको विशेष महाधिवेशनबाट आएको समितिले बनाएको अनुशासन समितिले स्पष्टीकरण सोध्नु हास्यास्पद भएको बताए।
खड्काले विज्ञप्ति व्यक्तिगत रूपमा जारी गरेको नभई १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिको कार्यवाहक सभापतिको हैसियतमा जारी गरेकाले उनलाई मात्रै स्पष्टीकरण सोध्नु औचित्यहीन रहेको बताए ।
‘स्पष्टीकरण पूर्णबहादुर खड्काको निजी कुरा होइन । १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको कुरा हो । हामीले विशेष महाधिवेशनलाई मान्यता दिएका छैनौँ । त्यस विरुद्ध हामीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तिम निर्णय नभएसम्म १४ औँ महाधिवेशनबाट आएको निर्वाचित कार्यसमिति वैध छ,’ सिटौलाले रातोपाटीसँग भने, ‘यो सबै कांग्रेसलाई खुम्चाउने, कमजोर बनाउने किसिमबाट अनुशासन समितिको निर्णयका रूपमा बाहिर आएका छन् । त्यो हामीलाई अमान्य छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण