काठमाडौँसहित विभिन्न स्थानमा सवारी दुर्घटनामा, चार जनाको मृत्यु
बिहीबार, ०३ वैशाख २०८३, १२ : १५
सारांश
- काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा संलग्न चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- काठमाडौँ, बुढानिलकण्ठ नगरपालिका-११ कपन हाईटस्थित सडकमा बागमती प्रदेश ०२-००२ ज ८८२१ नम्बरको ईभी गाडीको ठक्करबाट सोही ठाउँ बस्ने संखुवासभा घर भएका फुरू तेम्बा शेर्पाको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ईभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- प्युठान, ऐरावती गाउँपालिका-२ बिरीबाङ खोलास्थित सडकमा बरौलाबाट दाङबाङतर्फ जाँदै गरेको लु.१ ज १६६९ नम्बरको जिप बुधबार बेलुकी दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-१ बस्ने ६५ वर्षीय सुक बहादुर नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार मध्ये ८ जनाको मर्सीसिटी हस्पिटल बुटवलमा र २ जनाको निमतारा पोलिक्लिनिक बिजुवारमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- कैलाली, लम्किचुहा नगरपालिका-५ चौरीस्थित सडकमा से.१ त ८७५८ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने राम बहादुर चौधरीकी छोरी ६ वर्षीया डिनल चौधरीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बर्दगोरिया अस्पताल बहुनियामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- भक्तपुर, सूर्यविनायक नगरपालिका-१० नलिन्चोकस्थित सडकमा बा. ८४ प ६७१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१० चित्तपोल बस्ने ४८ वर्षीय अर्जुन परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
-
मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ : यी स्थानमा भारी वर्षाको सम्भावना
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण