बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरान युद्ध : एसियाली देशहरूलाई १० अर्ब डलर सहयोग गर्दै जापान

बिहीबार, ०३ वैशाख २०८३, १५ : ५६
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • जापानले इन्धन सङ्कटको सामना गरिरहेका एसियाली देशहरूलाई सहयोग गर्न १० अर्ब डलरको आर्थिक सहायता घोषणा गरेको छ।
  • यो योजनाले कच्चा तेल तथा पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्ने र भण्डारण बढाउने लक्ष्य राखेको छ।
  • इरानमा जारी युद्धका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध आएपछि जापानले यो कदम चालेको हो।

काठमाडौँ । जापानले इन्धन सङ्कटको सामना गरिरहेका एसियाली देशहरूलाई सहयोग गर्न १० अर्ब डलरको आर्थिक सहायता घोषणा गरेको छ । यो कदम इरानमा अमेरिका र इजरायली युद्धका विश्वव्यापी ऊर्जा आपूर्तिमा आएको अवरोधपछि उठाइएको हो।

जापानकी प्रधानमन्त्री सानाय ताकाइचीले बुधबार एसियाली नेताहरूसँगको भर्चुअल बैठकपछि नयाँ सहकार्य ढाँचा सार्वजनिक गरिन् । उनले एसियाली देशहरूबिच आपूर्ति शृङ्खलामार्फत गहिरो आपसी निर्भरता रहेको उल्लेख गरिन्। 

यो योजनाअन्तर्गत कच्चा तेल तथा पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्ने, भण्डारण बढाउने र आपूर्ति प्रणाली सुदृढ बनाउने लक्ष्य राखिएको छ । विशेष गरी आशियानमा पर्ने देशहरू फिलिपिन्स, मलेसिया, सिंगापुर, थाइल्याण्ड, भियतनाम यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । बङ्गलादेश र दक्षिण कोरियाका नेताहरूले पनि यस पहलको स्वागत गरेका छन्। 

ऊर्जा सङ्कटको मुख्य कारण स्टेट अफ होर्मुजमा देखिएको अस्थिरता हो, जहाँबाट विश्वमा खपत हुने २० प्रतिशत तेल आपूर्ति हुने गर्दछ, र यसको करिब ९० प्रतिशत तेल एसियातर्फ जाने गर्छ।

यस परियोजनाका लागि रकम जापान अन्तर्राष्ट्रिय सहयोग बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी र एसियाली विकास बैंकजस्ता संस्थामार्फत जुटाइनेछ । जापानले आफ्नै भण्डारबाट पनि तेल निकालिरहेको छ।

सन २०२५ अन्त्यसम्म जापानसँग २५४ दिनलाई पुग्ने तेल भण्डारण थियो, तर हालको सङ्कटका कारण रणनीतिक भण्डारबाट तेल झिक्ने काम भइरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप