सरकारी अस्पतालमा साताको दुई दिन ओपिडी सेवा बन्द
बिहीबार, ०३ वैशाख २०८३, २० : ३३
सारांश
- सरकारले सरकारी अस्पतालहरूमा साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार ओपिडी सेवा बन्द रहनेछन्।
- आकस्मिक तथा अन्तरंग सेवाहरू भने २४ सै घण्टा सञ्चालनमा रहने मन्त्रालयले जनाएको छ।
काठमाडौँ । सरकारी अस्पतालमा साताको दुई दिन ओपिडी सेवा बन्द हुने भएका छन् । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारको निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपिडी सेवा बन्द रहनेछ । तर, आकस्मिक तथा अन्तरंग सेवाहरू भने २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण