मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो, आमाप्रति श्रद्धा प्रकट (फोटोफिचर)
सारांश
- मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरिस्थित मातातीर्थ कुण्डमा भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको छ।
- दिवंगत आमाको सम्झनामा श्रद्धालुहरूले बिहानै स्नान गरी तर्पण र पिण्डदान गरेका छन्।
- आमा जीवित हुनेहरूले घरमै विभिन्न उपहार तथा परिकार खुवाएर आमाप्रति श्रद्धा प्रकट गरेका छन्।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित पवित्र तीर्थस्थल मातातीर्थ कुण्डमा शुक्रबार बिहानैदेखि स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदात्री आमाको सम्मानमा मनाइने 'मातातीर्थ औँसी' का अवसरमा न्द्रागिरि नगरपालिका–६ स्थित उक्त कुण्डमा आमाको प्रतिमा दर्शन गर्न र श्राद्ध तर्पण गर्न श्रद्धालुहरूको भीड लागेको हो ।
_rQHZDphsGm.jpg)
दिवंगत आमाको सम्झनामा धेरै भक्तजनहरू अघिल्लो दिन साँझदेखि नै दीप प्रज्वलन गरी जाग्राम बसेका थिए भने आज बिहानै मातातीर्थ कुण्डमा स्नान गरी तर्पण र पिण्डदान गरेका छन् । धार्मिक विश्वास अनुसार यस दिन मातातीर्थमा स्नान गरी दर्शन गरेमा मृत आमाले मोक्ष पाउने र छोराछोरीले पुण्य प्राप्त गर्ने जनश्रुति रहिआएको छ ।
हिन्दू धर्मशास्त्रमा आमाको स्थान परमात्माभन्दा पनि उच्च मानिएको छ । 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भन्ने मान्यता अनुसार आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिन्छ । पितृ ऋण तिर्नका लागि आमाबुबा जीवित हुँदा सम्मानपूर्वक सेवा गरी खुसी राख्ने र मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।
_07MZ3njkYu.jpg)
आजको दिनमा आमा जीवित हुनेहरूले घरमै मीठा–मीठा परिकार खुवाउने र उपहार दिएर सम्मान गर्छन् भने आमा नहुनेहरूले मातातीर्थमा पुगेर तर्पण तथा सिदा दान गर्ने गर्दछन् ।
_naOJwvbukF.jpg)
_sBjc9SnYep.jpg)
_Lhk5cqyH0E.jpg)
_5xSaF5y6K8.jpg)
_dIKPx1bH2k.jpg)
_nh7PyZN8Gx.jpg)
_ec6EhdJReM.jpg)
_fIWAfqFTna.jpg)
_YLFr2wtVbq.jpg)
_BFpjLtx9pW.jpg)
_DBtOOxn008.jpg)
_J27o6fHp6W.jpg)
_R54mp87iPF.jpg)
_5GVBYU3FEe.jpg)
_YIsKqkfibe.jpg)
_FiSdQns3BK.jpg)
_5orU3Ep4iL.jpg)
_0jc5ZRBkk1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण