सम्पत्ति छानबिन आयोगका सदस्य ढकाल भन्छन्– म निष्कलङ्क छु, लम्साल आयोगले कारबाही सिफारिस गरेको छैन
सारांश
- सम्पत्ति छानबिन आयोगका सदस्य चण्डीराज ढकालले आफू आफ्नो कार्यकालभरि निष्कलङ्क रहेको दाबी गरेका छन्।
- उनले आफूलाई लम्साल आयोगले कुनै पनि कारबाहीका लागि सिफारिस नगरेको स्पष्ट पारेका छन्।
काठमाडौँ । सम्पत्ति छानबिन आयोगका सदस्य चण्डीराज ढकालले आफू न्यायाधीश हुँदा निष्कलङ्क र स्वच्छ छवि बनाएर सेवाबाट अवकाश भएको बताएका छन् । सम्पत्ति छानबिन आयोगमा सदस्य भएपछि उनको नाममा टिका टिप्पणी भएपछि ढकालले आफू लम्साल आयोगबाट कारबाहीको सिफारिस परेको भन्ने हल्ला निरर्थक रहेको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘म २०३७ सालदेखि निजामती सेवामा र २०४१ असारदेखि श्रीमती समेत शिक्षण सेवामा प्रवेश गरी दुर्गम जिल्लामा बसी आर्जन गरेको केही रकम र केही पैतृक धानखेत समेत बेचेर २०४४ सालमा तत्कालीन समयमा अत्यन्त दुर्गम मानिने धापासी (हालको टोखा नपा) मा ६ आना ३ पैसा जग्गा किनेर घर बनाएँ । २०४९ सालमा भूइँतला तयार गरी कलर पनि नलगाई बसेको र २०५८ सालमा कर्मचारी सञ्चय कोषको आवास ऋण लिई सामान्य घर बनाएर बसिरहेको छु ।’
जिन्दगीभर इमानदारी र निष्ठाका साथ काम गरी अवकाश भएर स्वाभिमानी व्यक्तिको चरित्र बनाएर आफू बसेकाे उनले बताएका छन् । आफू हालसम्म निष्ठामा कतै पनि नचुकेको उनको दाबी छ ।
२०५८ सालको लम्साल आयोगले आफूमाथि कुनै पनि कारबाहीको सिफारिस नगरेको र न्याय परिषद्ले आफूलाई सचेत नगराएको ढकालको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण