तपाईंले बालबच्चालाई गर्नु भएको कडाइ विषाक्त भएको त छैन ?
सारांश
- अभिभावकले बालबालिकालाई अनुशासित राख्ने नाममा गर्ने अत्यधिक कडाइले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
- बच्चाको भावनालाई बेवास्ता गर्ने र उनीहरूमाथि आफ्नो इच्छा थोपर्ने अभिभावकीय व्यवहार विषाक्त हुन सक्ने देखिएको छ।
- सन्तानको प्रयासको कदर नगरी सर्तसहितको प्रेम गर्ने प्रवृत्तिले बालबालिकामा डिप्रेसन वा इमोशनल डिट्याचमेन्ट निम्त्याउने खतरा रहन्छ।
काठमाडौँ । बालबालिकालाई अनुशासित राख्न आमाबाबुले कडाइ गर्छन् । तर केही मातापिताले कडाइका साथ बच्चाहरूलाई हुर्काउन नियम बनाउने र अनुशासनमा मात्र ध्यान केन्द्रित गर्छन् ।
त्यस्ता आमाबाबुले आफ्ना बच्चाहरूलाई छुट दिन्छन्, तर तिनीहरूको अपेक्षा धेरै नै हुन्छ । आमाबाबुले राम्रो भविष्यको लागि तयार पारिरहेको भन्दै यस्तो कडाइमा समेत औचित्य देख्छन् । तर कडाइको यो मात्रा कहिले ओभरडोजमा परिणत हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन । तैपनि, यसको लक्षणहरू कुनै न कुनै रूपमा देखा पर्न थाल्छन् ।
बच्चाहरूको प्रयासलाई बेवास्ता गर्ने
अभिभावकहरूले आफ्ना बच्चाहरूको प्रयासलाई तब मात्र सफल ठान्छन जब सन्तानले आफ्नो अपेक्षा पूरा गर्ने परिणामहरू प्रदान गर्छन् । बच्चाले कति प्रयास गरेको छ वा उनीहरूले के सिकेका छन् भन्ने कुरामा उनीहरूले कुनै ध्यान दिँदैनन् ।
अत्यधिक नियन्त्रण
सबै आमाबाबु आफ्ना बच्चाहरूको लागि राम्रो चाहन्छन्, तर कहिलेकाहीँ भलाई सोच्दा अत्यधिक नियन्त्रण हुन जान्छ । आमाबाबुले आफ्ना बच्चाहरूले कोसँग कुरा गर्ने, कोसँग कुरा नगर्ने, उनीहरूले कुन करियर रोज्ने, उनीहरूले के लगाउने र कहाँ जाने भन्ने सबै कुरामा निर्देशन दिन थाल्छन् । आफ्नो यो व्यवहारलाई उनीहरूले हेरचाह भनिदिन्छन् ।
भावनाहरू देखाउन मिल्दैन अनुमति
विषाक्त आमाबाबुले उदासी र चिन्ता जस्ता भावनाहरूलाई नाटकको रूपमा हेर्छन् । बच्चाहरूले भावनाको अभिव्यक्ति गर्नु कमजोरी हो भन्ने तिनीहरू विश्वास गर्छन् । यस्ता भावनालाई बेवास्ता गर्ने प्रयास गर्छन्, तिनीहरूलाई बहानाको रूपमा खारेज गर्छन् । भावनाहरूको यो निरन्तर दमनले बच्चाहरूमा डिप्रेसन वा इमोशनल डिट्याचमेन्ट निम्त्याउन सक्छ ।
प्रेममा पनि सर्त
जबसम्म बच्चाले आफ्ना आमाबाबुको आज्ञा पालन गर्छ वा उनीहरूले भनेको कुरा गर्छ, तिनीहरूले प्रशंसा पाउँछन् । कहिलेकाहीँ थोरै मात्र गल्ती हुन गयो भने मातापिताले कुरा सुनेको नसुन्यै गर्छन् । आफूलाई मन लागेको केही कुरा गर्दा हप्काइन्छ, वा सर्तपूर्ण प्रेम र प्रशंसा गर्छन् ।
अरुमाथि आफ्नो इच्छा थोपर्ने प्रयास
स्वस्थ सञ्चार तब मात्र सफल हुन्छ जब यो दुईतर्फी हुन्छ । यदि एक पक्षले आफ्नो दृष्टिकोण राखिराख्न मात्रै जोड दिन्छ भने, सञ्चार एकतर्फी हुन्छ । बच्चाले आवाज उठाउँछ वा आफ्नो विचार व्यक्त गर्छ भने, तिनीहरूलाई हप्काइन्छ वा मौन रहन निर्देशन दिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण