पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल: बाँदर समस्या बढ्दो
सारांश
- पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति र कार्ययोजनाबारे छलफल भयो, जसमा संरक्षणका उपायबारे चर्चा गरियो।
- छलफलमा जलवायु परिवर्तन, स्रोतको दिगो उपयोग, र स्थानीय समुदायको संलग्नता जस्ता विषयमा जोड दिइयो।
- बाँदरको बढ्दो समस्या र प्राकृतिक स्रोतको संरक्षणसँगै उपयोगको आवश्यकतालाई वक्ताहरूले जोड दिए।
गण्डकी । जैविक विविधता संरक्षण तथा दिगो व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ शुक्रबार पोखरामा ‘राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०)’ सम्बन्धमा छलफल गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधि सहभागी छलफलमा सहभागीले जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीय समुदायको सहभागिता सुदृढ गर्ने लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
पछिल्ला समयमा बाँदरको बढ्दो जोखिम, जलवायुपरिवर्तनको असर न्यूनीकरणसँगै प्राकृतिक स्रोतको संरक्षणसँगै उपयोग हुनुपर्ने कुरामा वक्ताले जोड दिएका थिए ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का बीरेन्द्र बस्नेतले यस रणनीति तथा कार्ययोजनाले संरक्षणसँगै उपयोगका विषय र जैविक विविधताको विषय समाजको हरेक पक्षसँग जोडिने उनले बताए ।
वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका सचिव मोहनराज काफ्लेले जैविक विविधता समाजका हरेक पक्षसँग जोडिने बताउँदै यसलाई बचाउनु हामी सबैको साझा कर्तव्य भएको बताए ।
वन संरक्षण तथा व्यवस्थापन महाशाखाका प्रमुख पूर्णेश्वर सुवेदीले जैविक विविधता समृद्धिको आधारस्तम्भ भएको बताउँदै यसको संरक्षण र उपयोग आवश्यक हुनेमा जोड दिए ।
कार्यक्रममा सामूदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदाश सुवेदी, जिल्ला वन अधिकृत कोमल काफ्ले, उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका कोषाध्यष राजेन्द्र ओझा लगायतले प्राकृतिक साधनस्रोतको संरक्षणसँगै यसको सहज उपयोगलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण