१८ वर्षे सुहानाको पहिलो फोटोसुटः शाहरुखले भने, ‘छोरीलाई पुनः अँगालोमा बोक्दै छु’
शाहरुख खानकी छोरी सुहाना खानलाई करन जोहरले उनको फिल्ममा लञ्च गर्दैछन् भन्ने खबर फैलिएको थियो तर अहिलेसम्म उनी कुनै फिल्ममा अनुबन्ध भएकी छैनन् ।
यद्यपी, सुहानाले आफ्नो पहिलो म्यागजिन डेब्यू भने गरेकी छिन् । उनले भोग म्यागजिनका लागि आफ्नो पहिलो फोटोसुट गराएकी हुन् ।
म्यागजिनको यो विशेष अंकलाई शाहरुख खानले लञ्च गरेका छन् । उनले म्यागजिनको कभरगर्ल बनेकी सुहानाको फोटो ट्वीटरमा सेयर गरेका छन् । यसको क्याप्सनमा उनले लेखे, ‘छोरीलाई पुनः अंगालोमा बोक्दै छु । धन्यवाद भोग ।’
Holding her in my arms again thanks to Vogue. ‘What imperfect carriers of love we are...” except when it comes to our children. So sending u all my love & a big hug. Hello Suhana Khan! pic.twitter.com/RrkhJ8kfz5
— Shah Rukh Khan (@iamsrk) July 31, 2018
आमा गौरीले फोटोसुटको तारिफ गरिन्ः
आमा गौरीले पनि सुहानाको फोटोसुटका तस्बिर र भिडियो सेयर गरिन् । साथै, उनले छोरीको फोटोसुटको तारिफ गर्दै यसलाई उत्कृष्ट शूट भएको बताउँदै म्यागजिनलाई धन्यवाद दिइन् ।
गौरीले केही महिना अघि एक कार्यक्रममा सुहानाको फोटोसुटबारे खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘सुहाना अहिले म्यागजिनको फोटोसुटको तयारीमा व्यस्त छिन् । यसबारे योभन्दा बढि म केही भन्न सक्दिनँ ।’
Thank you @VOGUEIndia for Suhana's shoot...
— Gauri Khan (@gaurikhan) July 31, 2018
Photographed by: @Errikos_Andreou
Styled by: @Anaita_Adajania
Hair: @YianniTsapatori pic.twitter.com/AFCXhVTwPB
उच्च शिक्षाका लागि लण्डनमा बस्छिन् सुहानाः
सुहानालाई नाच्न असाध्यै मन पर्छ । खेलकुद पनि उनको रुचीको विषय हो । उनी विद्यालयका विभिन्न खेल कार्यक्रममा पनि समावेश हुने गर्छिन् । शाहरुख आफ्नी छोरी उत्कृष्ट डान्सर बनेर संसारभरी चर्चित होस् भन्ने चाहना राख्छन् । अहिले सुहाना लण्डनमा उच्च शिक्षाको हाँसिल गरिरहेकी छिन् ।
Awesome shoot with Suhana... @VOGUEIndia.
— Gauri Khan (@gaurikhan) July 31, 2018
Photographed by: @Errikos_Andreou Styled by: @Anaita_Adajania
Hair: @YianniTsapatori pic.twitter.com/TbxuCjZ5Os
नायिका बन्न चाहन्छिन् सुहानाः
सुहाना बुवा शाहरुखजस्तै अभिनय क्षेत्रमा आफ्नो करियर स्थापित गर्न चाहेको बताउँछिन् । सुहाना बुवा शाहरुखको निकै छिन् । शाहरुखले एकपटक करन जोहरको कार्यक्रम ‘कफी विद करन’ मा यदि छोरीलाई कसैले ओठमा चुम्बन गरे के गर्छौ भन्ने प्रश्नमा उनले त्यो व्यक्तिको ओठ नै उखेलिदिने बताएका थिए ।
यतिमात्र होइन, करिब एक वर्षअघि शाहरुख खानले फेमिना म्यागजिनलाई दिएको अन्तर्वार्तामा छोरीलाई जसले डेट गर्छन् ती व्यक्तिका लागि केही शर्त तोकेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण