बागमती प्रदेशसभामा सभामुखको खोजी
सारांश
- बागमती प्रदेशसभाका सांसदहरूले लामो समयदेखि रिक्त रहेको सभामुख पदमा तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन्।
- संवैधानिक व्यवस्थाअनुसार आगामी वैशाख ९ गतेभित्र सभामुख चयन प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने सांसदहरूको भनाइ छ।
- सांसदहरूले सभामुखविहीनताले संघीयताको कार्यान्वयनमा प्रश्न उठाएको भन्दै दलहरूबीचको भागबन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
हेटौँडा । बिहीबार बसेको बागमती प्रदेशसभा बैठकमा सांसदहरूले लामो समयदेखि रिक्त रहेको सभामुख पदमा तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन् । उनीहरूले सात महिनादेखि सभामुख पद रिक्त रहँदा संवैधानिक व्यवस्थाको उल्लङ्घन भएको भन्दै निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न आग्रह गरेका हुन् ।
सांसदहरूले आगामी वैशाख ८ गतेभित्र सभामुख चयन प्रक्रिया सम्पन्न गरिसक्नुपर्नेमा जोड दिएका छन् । सभामुख नहुँदा प्रदेशसभा अभिभावकविहीन बनेको र यसले संघीयताको कार्यान्वयनमाथि नै प्रश्न उठाएको उनीहरूको टिप्पणी थियो ।
तत्कालीन सभामुख भुवन कुमार पाठकले गत भदौमा एक आन्दोलनका क्रममा राजीनामाको घोषणा गरी असोज १ गते इमेलमार्फत प्रदेशसभा सचिवालयमा राजीनामा पत्र पठाएका थिए। त्यसपछि प्रदेशसभा बैठक बस्न नसकेकाले सरकारले मंसिर ३ गते अधिवेशन अन्त्य गरेको थियो। लगत्तै मंसिर ४ गते उपसभामुख अप्सरा चापागाईंले सूचना जारी गरी पाठकको राजीनामाबारे सार्वजनिक जानकारी गराएकी थिइन् ।
सभामुखको राजीनामाबारे गत चैत २४ गते बसेको प्रदेशसभा बैठकमा औपचारिक जानकारी गराइएको थियो। संवैधानिक व्यवस्थाअनुसार सभामा राजीनामाबारे जानकारी गराएको १५ दिनभित्र सभामुख चयनको प्रक्रिया सुरु गरिसक्नुपर्छ। यसअनुसार आगामी वैशाख ९ गतेभित्र सभामुख चयन प्रक्रिया अघि बढिसक्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यही पृष्ठभूमिमा सांसदहरूले बैठकमा सभामुख नियुक्तिको विषय उठाएका हुन् ।
सांसद रत्नप्रसाद ढकालले सभामुख नियुक्ति प्रक्रिया रोकिनुको कारणबारे सरकारसँग जवाफ माग गरे । मुख्यमन्त्रीको उपस्थितिमा भएको सर्वदलीय छलफलमा गरिएको सहमति उल्लंघन भएको उनको आरोप थियो।
'संविधानको धारा १८२ ले प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था गरेको छ, तर यहाँ सात महिना बितिसक्दा पनि पद रिक्त राख्नु पूर्णतः असंवैधानिक हो,' उनले भने, 'के सत्तापक्षका दलहरूबिच भागबन्डा नमिलेर यो प्रक्रिया रोकिएको हो ? यदि हो भने यसले प्रदेशवासीमा नकारात्मक सन्देश गएको छ । वैशाख ८ गतेभित्र सभामुखको निर्वाचन प्रक्रिया टुङ्ग्याइयोस् ।'
अर्का सांसद रामकुमार पहाडीले लामो समयसम्म सभामुख पद रिक्त रहनुलाई असंवैधानिक कदमको संज्ञा दिए । 'सात महिना भइसक्यो, हामीले सभामुखको निर्वाचन गर्न सकेका छैनौँ। यसले के सन्देश जान्छ? हामी एउटा सभामुख आफैँ छान्न सक्दैनौँ?“ उनले प्रश्न गर्दै भने, “म यथाशीघ्र निर्वाचनको मिति तोक्न माग गर्दछु ।'
सांसद भुवन केशरी श्रेष्ठले सभामुखको राजीनामापछि लामो समयसम्म पनि नियुक्ति प्रक्रिया टुङ्ग्याउन नसक्नु दलहरूको कमजोरी भएको बताइन् । सत्तारुढ दलहरूबीचको आपसी भागबण्डाका कारण सभामुख चयनमा समस्या भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण