महोत्तरीमा बालिकामाथि जबरजस्ती करणी
आइतबार, ०६ वैशाख २०८३, १९ : ५८
महोत्तरी । महोत्तरीको बर्दिबासमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। बर्दिबास नगरपालिका–१३ बिजलपुरा टोल बस्ने ४५ वर्षीय बेचु भन्ने शिव शंकर आले मगरलाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शिव शंकरले १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले उनलाई पक्राउ गरेको हो। पीडित पक्षले दिएको जाहेरीका आधारमा उनलाई तत्कालै घर नजिकैबाट समातिएको हो।
पक्राउ परेका आले मगरमाथि थप कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ। घटनाका बारेमा इलाका प्रहरी कार्यालय बर्दिबासले विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण