अमेरिका र इरानबिचकाे वार्ता अनिश्चित, इस्लामावाद बैठक नहुने संकेत
सारांश
- इरानका सरकारी सञ्चारमाध्यमले अमेरिकासँग हुने भनिएको वार्ता तत्कालका लागि नहुने सम्भावना रहेको जनाएका छन्।
- अमेरिकाले लगाएको नाकाबन्दी नहटेसम्म वार्ताको वातावरण नबन्ने इरानको अडान छ।
तेहरान । इरानका सरकारी सञ्चारमाध्यमहरूले अमेरिकासँग हुने भनिएको वार्ता तत्कालका लागि नहुने सम्भावना देखिएको बताएका छन् । विशेषगरी इस्लामवादमा प्रस्तावित अर्को चरणको वार्तामा इरान सहभागी नहुने संकेत गरिएको छ ।
सरकारी टेलिभिजन आईआरआईबीले इरानी स्रोतहरूलाई उद्धृत गर्दै ‘अहिले अमेरिका–इरान वार्तामा सहभागी हुने कुनै योजना छैन’ भनेको छ । यसैबिच फार्स न्युज एजेन्सी र तास्निम न्युज एजेन्सीले पनि वार्ताको वातावरण सकारात्मक नभएको जनाएका छन् ।
उनीहरूका अनुसार अमेरिकाले लगाएको नाकाबन्दी हटाउनु नै वार्ताको प्रमुख सर्त हो । सरकारी समाचार संस्था आईआरएनएले पनि अमेरिकाको ‘अवास्तविक र अनुचित माग’ का कारण हालको अवस्थामा सार्थक वार्ताको सम्भावना नदेखिएको भनेको छ ।
रिपोर्टअनुसार पछिल्ला तनावहरू अझ बढेका छन् । विशेष गरी अमेरिकी सैन्य कारबाही र इरानी जहाज र बन्दरगाहमा नियन्त्रण सम्बन्धी घटनापछि परिस्थिति जटिल बनेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण