कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्काको स्पष्टीकरण फिर्ता लिने निर्णय गरेन
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने कुनै निर्णय गरेको छैन।
- समितिका संयोजक तारामान गुरुङले स्पष्टीकरणको म्याद सात दिन बाँकी नै रहेकाले यस विषयमा छलफल नभएको बताएका छन्।
- समितिले पार्टीको विधान अनुसार नै प्रक्रिया अगाडि बढाउने र पार्टीलाई अनुशासित बनाउने कुरामा जोड दिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण फिर्ताको कुनै निर्णय नगरेको जनाएको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकपछि अनुशासन समितिका संयोजक तारामान गुरुङले स्पष्टीकरण सोध्ने यसअघिको निर्णय फिर्ता लिने बिषयमा छलफल नभएको बताएका हुन् । उने खड्कालाई सात दिने स्पष्टीकरण सोधेको सोमबार पाँच दिनमात्रै भएको उल्लेख गरे ।
अनुशासन समितिले पार्टीको विधान अनुसार प्रक्रियागत ढंगले काम गरिरहेको भन्दै फिर्ता लिने कुनै कुरा नभएको उनको भनाइ छ । उनले पार्टीको विधान भन्दा तल माथि गर्ने अधिकार आफूहरुसंग नरहेको र स्पष्टीकरणको सात दिन नपुग्दा सम्म यस बिषयमा अरु केहि जवाफ दिन नसक्ने स्पष्ट पारे।
उनले अनुशासन समितिले व्यक्ति भन्दा पनि पार्टीलाई अनुशासित र मर्यादित ढंगले अघि बढाउन ध्यान केन्द्रीत गरेको धारणा समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण