सुकुमबासी बस्तीमा डोजर चलाउने विरोधमा जेनजीले मानव साङ्लो बनाएर प्रदर्शन गर्ने
सारांश
- काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने सरकारको निर्णयविरुद्ध जेनजी मुभमेन्ट एलायन्सले मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्ने भएको छ।
- युवा समूहले आवासको हक सुनिश्चित गर्दै बल प्रयोग गरेर बस्ती हटाउने अमानवीय निर्णय खारेज गर्न सरकारसँग माग गरेको छ।
- आन्दोलनकारीहरूले वास्तविक भूमिहीनको पहिचान गरी संवादको माध्यमबाट दीर्घकालीन र न्यायोचित समाधान खोज्न जोड दिएका छन्।
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती किनारका सुकुमबासी बस्तीमा सरकारले चलाउन लागेको डोजर र सुरक्षा निकायको परिचालनविरुद्ध जेनजी मुभमेन्ट एलायन्सले विरोध प्रदर्शन गर्ने भएको छ । एलायन्सले शुक्रबार बिहान ११ बजेदेखि थापाथली क्षेत्रमा मानव साङ्लो बनाएर घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
भूमिहीन तथा सुकुमबासीहरूमाथि भएको दमनकाविरुद्ध उत्रिएको यो युवा समूहले बस्तीहरूमा त्रास फैलाउने कार्य तत्काल रोक्न माग गरेको छ । संविधानले ग्यारेन्टी गरेको आवासको हक र नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ठाडो उल्लङ्घन भएको ठहर गर्दै एलायन्सले विपन्न नागरिकलाई घरबारविहीन बनाउने अमानवीय निर्णय खारेज गर्न सरकारलाई दबाब दिएको छ ।
आन्दोलनकारीहरूले राजनीतिक आडमा सुकुमबासीका नाममा बसेका हुनेखाने र वास्तविक भूमिहीनबिचको पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि अधिकार सम्पन्न उच्चस्तरीय आयोगमार्फत निष्पक्ष छानबिन र प्रमाणीकरण गरेर मात्र अघि बढ्न उनीहरूको सुझाव छ। जथाभाबी डोजर चलाउनुको सट्टा दीर्घकालीन र न्यायोचित समाधान खोजिनुपर्ने माग एलायन्सको छ ।
कुनै पनि ठोस निर्णय लिनुअघि सुकुमबासी प्रतिनिधि, नागरिक समाज र विज्ञहरूसँग बसेर संवादको माध्यमबाट निकास खोज्न युवाहरूले सरकारलाई आग्रह गरेका छन् । थापाथलीमा सुरक्षाकर्मी र मेसिन परिचालन गरेर आतंक सिर्जना गरिएको भन्दै यसका विरुद्ध एकजुट हुन एलायन्सले आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण