प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाने, तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणमा जाने निमन्त्रणा स्वीकार गर्नुभएको छ।
- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका लागि प्रारम्भिक तयारी सुरु गरेको छ।
- प्रधानमन्त्रीको यो भ्रमण उहाँको नियुक्तपछिको पहिलो विदेश भ्रमण हुनेछ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाने भएका छन् । भारतले बालेनलाई भ्रमणको निम्तो दिइसकेको छ भने उनले निम्तो पनि स्वीकार गरिसकेका छन् ।
भ्रमण हुने निश्चित भएसँगै परराष्ट्र मन्त्रालय तयारीमा जुटेको छ । यद्यपि मितिबारे अन्तिम टुंगो भने लाग्न बाँकी छ ।
यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले मोरिसस गएको बेला प्रधानमन्त्री बालेनको भारत भ्रमण चाँडै हुने बताएका थिए। खनालको भारतका विदेश मन्त्री एस.जयशंकरसँगको भेटघाटमा पनि प्रधानमन्त्री बालेनको भ्रमणबारे छलफल भएको थियो ।
प्रधानमन्त्री बालेको भ्रमणको तयारीका लागि चाँडै नै विदेश मन्त्रालयको विदेश सचिवलाई पठाउने मन्त्री जयशंकारले भनेका थिए । परराष्ट्र मन्त्री खनाल मोरिससबाट फर्केपछि बालेनको विदेश भ्रमणको तयारी सुरु भएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले अहिले प्रारम्भिक तयारी सुरु भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको भारतको भ्रमणको प्रारम्भिक तयारी सुरु भएको छ ।’
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री बालेनको भ्रमणको तयारीको बारेमा छलफल गर्न चाँडै नै भारतबाट उच्चस्तरीय भ्रमण हुन लागेको छ। प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनकाे पहिलो विदेश भ्रमण भारत हुने छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण