इरानी विदेशमन्त्री अराघची रुसमा
सारांश
- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलसँग जारी लडाईंमा रुसी राष्ट्रपति पुटिनको समर्थन जुटाउने उद्देश्यले रुसको भ्रमण गरेका छन् ।
- पाकिस्तान र ओमानजस्ता मध्यस्थकर्ताहरूसँग भेटघाट गरेपछि अराघची रुस पुगेका हुन्, जहाँ दुई महिनादेखि जारी सङ्घर्षका बीच शान्ति प्रयासहरू कमजोर बन्दै गएका छन् ।
- अमेरिका र इरानबीच आणविक कार्यक्रम र स्ट्रेट अफ होर्मुजको नियन्त्रण जस्ता विषयमा मतभेद कायमै छ, जसले विश्व अर्थतन्त्रमा पनि प्रभाव पारेको छ ।
तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघची रुस पुगेका छन् । अमेरिका र इजरायलसँग जारी लडाईंमा इरानका लागि राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन जुटाउने उद्देश्यका साथ उनी रुस पुगेका हुन् ।
दुई महिनादेखि जारी सङ्घर्षका बिच शान्ति प्रयासहरू कमजोर बन्दै गएका छन् । ट्रम्पले आफ्ना दूतहरू स्टिभ विटकफ र जारेढ कुश्नर पाकिस्तान भ्रमण रद्द गरेपछि वार्तामा थप अवरोध देखिएको छ । पाकिस्तान र ओमानजस्ता मध्यस्थकर्तासँग भेटघाट गरेपछि अराघची रुसतर्फ प्रस्थान गरेका हुन् ।
अमेरिका र इरानबिच इरानको आणविक कार्यक्रम र रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजको नियन्त्रणजस्ता विषयमा ठूलो मतभेद कायमै छ । यसैबिच ट्रम्पले एक अन्तर्वार्तामा भनेका छन्– ‘उनीहरूले कुरा गर्न चाहन्छन् भने उनीहरू हामीकहाँ आउन सक्छन् वा फोन गर्न सक्छन् । तिनीहरूलाई थाहा छ त टेलिफोन छ भनेर, हामीसँग राम्रो र सुरक्षित लाइन छ ।’
उनले सम्झौतामा के हुनुपर्छ भन्ने कुरा इरानलाई थाहा भएको र यो निकै सरल भएको समेत बताएका छन् । इरानसँग आणविक हतियार हुन नहुनेमा पनि उनले जोड दिएका छन् । तर इरानले भने आफ्नो युरेनियम संवर्द्धन गर्ने अधिकार स्वीकार गर्नुपर्ने अडान राख्दै आएको छ ।
युद्धका कारण विश्व अर्थतन्त्रमा पनि प्रभाव परेको छ । खाडी क्षेत्रमा तेल ढुवानी अवरुद्ध हुँदा तेलको मूल्य बढेको छ र बजारमा अनिश्चितता देखिएको छ । यद्यपि, युद्ध हाल रोकिएको भए पनि स्थायी समाधानको लागि कुनै सहमति भएको छैन ।
इरानले स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन अवरुद्ध गर्ने क्षमता प्रयोग गर्दै वार्तामा दबाब सिर्जना गरिरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ ।
यसैबिच, इरानी राष्ट्रपति मसुद पेशेश्कियानले पाकिस्तानी प्रधानमन्त्री सहबाज शरिफसँगको कुराकानीमा दबाब वा नाकाबन्दीसामु झुकेर गरिने वार्ता स्वीकार्य नहुने बताएका छन् । पहिले अमेरिकी अवरोध हटाउनुपर्ने सर्त उनले राखेका छन् ।
अमेरिकाले इरानको आणविक कार्यक्रम मात्र नभई उसका क्षेत्रीय सहयोगी समूह हेजकुल्लाह र हमासलाई दिइने समर्थन पनि घटाउन चाहेको छ । इरानले भने प्रतिबन्ध हटाउन र आफ्ना सहयोगीमाथि भइरहेका आक्रमण अन्त्य गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण