तेलको भाउ ११० डलरमाथि उक्लियो
सारांश
- विश्व बजारमा कच्चा तेलको मूल्य तीन हप्तापछि पहिलो पटक प्रति ब्यारेल ११० डलर नाघेको छ ।
- अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने सम्झौता अझै टुंगोमा नपुगेको आशंकाले मूल्य उकालो लागेको हो ।
- स्ट्रेट अफ होर्मुज बन्द रहनुले तेल बजारमा नकारात्मक असर परिरहेको छ ।
लन्डन । विश्व बजारमा कच्चा तेलको मूल्य तीन हप्तापछि पहिलो पटक प्रति ब्यारेल ११० डलर नाघेको छ ।
अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने सम्झौता अझै टुंगोमा नपुगेको आशंकाले बजारमा चिन्ता बढेपछि मूल्य उकालो लागेको हो ।
तेलको अन्तरराष्टिय बेञ्चमार्क ब्रेन्ट क्रुड मंगलबार बिहानको कारोबारमा २ दशमलव ७ प्रतिशतले बढेर प्रति ब्यारेल १११ डलर २ सेन्टमा पुगेको छ । त्यस्तै अमेरिकी बेञ्माकए वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि २ दशमलव ३ प्रतिशतको वृद्धिसहित ९८ डलर ५ सेन्ट कायम भएको थियो ।
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले सोमबार इरानको पछिल्लो प्रस्ताव स्वीकार गर्ने सम्भावना कम रहेको संकेत दिएका थिए । उक्त प्रस्तावमा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने कुरा उल्लेख भए पनि इरानको आणविक कार्यक्रमबारे निर्णय पछि गर्ने भनिएको छ ।
अमेरिकी लगानी बैंक जेफ्रीजका प्रमुख युरोपेली अर्थशास्त्री मोहित कुमारका अनुसार, संकट लम्बिँदै जानु र स्ट्रेट अफ हर्मुज बन्द रहनुले तेल बजारमा नकारात्मक असर परिरहेको हो । जति लामो समयसम्म स्ट्रेट बन्द रहन्छ, त्यति नै विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण