बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

एमाले सांसद भन्छन्—संसद् छलेर अध्यादेश ल्याउनु तानाशाहीको अभ्यास त होइन ?

बुधबार, १६ वैशाख २०८३, ०७ : ४२
बुधबार, १६ वैशाख २०८३

सारांश

  • नेकपा एमालेकी सांसद लक्ष्मी पोखरेलले संसद् छलेर अध्यादेश ल्याउनु तानाशाहीको अभ्यास भएको टिप्पणी गरेकी छन् ।
  • उनले संसद् बोलाइएको अवस्थामा अध्यादेश ल्याउने कदम गलत भएको र यसले कानुनको शासन अवरुद्ध गरेको बताइन् ।
  • सांसद पोखरेलले राष्ट्रपतिसमक्ष अध्यादेश प्रमाणीकरण नगर्नसमेत अनुरोध गरेकी छन् ।

सुर्खेत । नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले बालेन शाह नेतृत्वको सरकारले अध्यादेशको बाटो रोजेपछि कडा टिप्पणी गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सांसद पोखरेलले संसद् छलेर अध्यादेश ल्याउनु तानाशाहीको अभ्यास त होइन भन्दै प्रश्न गरेका हुन् ।

‘अध्यादेश ल्याउने भनेको अपवादको विषय हो, संसद् बोलाइसकेपपछि वा संसद् बोलाउने अवस्थामा अध्यादेश ल्याउने कदम गलत छ,’ उनले भनेका छन्, ‘यहाँ त अध्यादेश ल्याउनलाई बोलाइएको संसद् अधिवेशन नै रोकियो ।’

यो सबै मैले जे गरे पनि हुन्छ भन्ने सोचविचार वर्तमान सरकारमा रहेको उनले बताए ।

उनले थप भने, ‘कानुनको शासन कहाँनेर अवरुद्ध भयो र सरकारले अध्यादेश ल्यायो ? संसद् छलेर अध्यादेश ल्याउनु तानाशाहीको अभ्यास त होइन ? सम्माननीय राष्ट्रपतिज्यूमा अध्यादेश प्रमाणीकरण नगर्न निवेदन गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप