बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइँदै

बिहीबार, १७ वैशाख २०८३, ०६ : ३९
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • पोर्चुगलमा २५७० औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइँदैछ ।
  • नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा बुद्ध पूजा, ध्यान र प्रवचन हुनेछ ।
  • बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने तथा बुद्ध जन्मस्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको आयोजनामा यही मे, १ (शुक्रबार)का दिन राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको हो । बुद्धजयन्तीको अवसरमा लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिनेछ भने बौद्ध धर्मगुरुद्वारा ध्यान तथा प्रवचनसमेत हुने बताइएको छ ।

बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने तथा बुद्ध र बुद्ध जन्मस्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको महासंघका अध्यक्ष चोपकुमार रानामगरले जानकारी दिए। कार्यक्रममा सहभागी भई बुद्धजयन्तीलाई भव्य रूपमा सफल बनाउन पोर्चुगलवासी नेपाली समुदायलाई अध्यक्ष रानामगरले आग्रहसमेत गरेका छन् ।

पोर्चुगलमा हरेक वर्ष यहाँ क्रियाशील नेपाली संघ–संस्थाको संयोजनमा बुद्धजयन्ती मनाइँदै आइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप