‘भारत’ का लागि सलमानले कट्रिनालाई दोब्बर पारिश्रमिक दिए, पाउनेछिन् १२ करोड भारु
सलमान खानको फिल्म ‘भारत’ लाई प्रियंका चोपडाले छोडेपछि अब कट्रिना उक्त फिल्मकी नायिका बन्ने भएकी छिन् । सलमानले पहिले नै कट्रिनालाई फिल्ममा अनुबन्ध गर्न चाहेको र फिल्मको अफरलाई कट्रिनाले स्विकार गरेपछि सलमान निकै खुसी भएको बताइन्छ ।
पारिश्रमिक नतोकि कनै फिल्म स्विकार गरेकी कट्रिनालाई सलमानले प्रियंका चोपडालाई बाचा गरेका पारिश्रमिक दिने बताइएको छ । एक रिपोर्ट अनुसार प्रियंकालाई फिल्मका लागि १२ करोड भारु दिइएको थियो । यस्तै, कट्रिनाले आफ्ना फिल्मका लागि पाँच–६ करोड भारु पारिश्रमिकको रुपमा लिने गर्छिन् ।
अली अब्बास जफरले गरेका थिए अप्रोचः
कट्रिनाले भनिन्, ‘फिल्मका निर्देशक अली अब्बासको फोन आएको थियो । उनले मलाई गोल्डफिश भन्छन् । उनले मलाई स्क्रिप्ट पठाएको जानकारी दिए । जब मैले स्क्रिप्ट पढें तब मलाई मेरो क्यारेक्टर निकै मन पर्यो । फिल्मसँग जोडिन पाउँदा अब मलाई खुसी लागेको छ । ’
अली अब्बासले नै प्रियंका चोपडा ‘भारत’ बाट बाहिरिएको ट्वीटरमार्फत जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण