सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुबिसुले ल्यायो वाई-फाई ६ प्रविधि र ‘सुबिसु सुरक्षा’ सेवा

बिहीबार, १७ वैशाख २०८३, १२ : ०६
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • सुबिसु लिमिटेडले नेपालमा पहिलोपटक वाई-फाई ६ प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ।
  • कम्पनीले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपालमै पहिलो पटक 'सेक्योर इन्टरनेट–सुबिसु सुरक्षा' को अवधारणा कार्यान्वयनमा ल्याएको छ।
  • नयाँ वाई-फाई ६ प्रविधिले अभूतपूर्व गति, उत्कृष्ट कभरेज, लो-लेटेन्सी र ब्याट्री बचत गर्ने क्षमता प्रदान गर्दछ भने 'सुबिसु सुरक्षा' ले हानिकारक वेबसाइट र साइबर जोखिमबाट बचाउँछ।

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेडले अत्याधुनिक वाई-फाई ६ प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। 

प्रविधिको विकाससँगै ग्राहकको सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै कम्पनीले नेपालमै पहिलो पटक ‘सेक्योर इन्टरनेट–सुबिसु सुरक्षा’ को नवीन अवधारणा समेत कार्यान्वयनमा ल्याएको हो।

 नेपालमा वाई-फाई ६ प्रविधि यसअघि नै उपलब्ध भए तापनि इन्टरनेट सुरक्षालाई नै मुख्य सेवाको रूपमा समावेश गरेर उच्चस्तरको सुरक्षित अनुभव प्रदान गर्ने सुबिसु पहिलो संस्था बनेको कम्पनीको भनाइ छ।

कम्पनीले सार्वजनिक गरेको वाई-फाई ६ प्रविधिले प्रयोगकर्तालाई अभूतपूर्व गति र क्षमता प्रदान गर्नेछ। यसले उत्कृष्ट वाइफाइ कभरेज सुनिश्चित गर्नुका साथै एकै समयमा धेरै डिभाइसहरूलाई सहज रूपमा कनेक्ट गर्ने सुविधा दिन्छ। यस प्रविधिको अर्को मुख्य विशेषता भनेको यसको लो-लेटेन्सी हो, जसले प्रयोगकर्तालाई निरन्तर र सहज अनलाइन अनुभव प्रदान गर्दछ। 

साथै, यसले प्रयोगकर्ताका डिभाइसहरूको ब्याट्री बचत गर्न समेत सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

इन्टरनेट प्रयोगलाई थप सुरक्षित बनाउन ल्याइएको ‘सुबिसु सुरक्षा’ एउटा विशेष सुरक्षात्मक तह हो। यसले प्रयोगकर्ताहरूलाई हानिकारक वेबसाइटहरू, सम्भावित साइबर जोखिम र अनधिकृत पहुँचबाट टाढा राख्न मद्दत गर्दछ। व्यक्तिगत गोपनीयता र डेटा सुरक्षालाई सुनिश्चित गर्दै यस सेवाले परिवार र व्यावसायिक दुवै प्रयोजनका लागि सुरक्षित ब्राउजिङको वातावरण निर्माण गर्ने विश्वास गरिएको छ।

यस नयाँ सेवाका बारेमा जानकारी दिँदै सुबिसु लिमिटेडका उपाध्यक्ष राम कृष्ण परियारले डिजिटल युगमा तीव्र गतिको इन्टरनेट मात्र पर्याप्त नभएकाले सुरक्षालाई पनि उत्तिकै महत्त्व दिइएको बताए । उनले सुबिसुले ग्राहकलाई उच्च गतिको साथमा सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्य राखेको उल्लेख गर्दै यस पहलले नेपालमा इन्टरनेट सेवाको नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरे । 
ग्राहकको फरक-फरक आवश्यकता र मागलाई ध्यानमा राख्दै कम्पनीले यस सेवालाई तीनवटा विभिन्न प्याकेजमा उपलब्ध गराएको छ। जसअनुसार ग्राहकले आफ्नो रुचि र आवश्यकता अनुसार स्मार्ट वाई-फाई ६, प्रो वाई-फाई ६ र एलिट वाई-फाई ६ मध्ये कुनै पनि प्याकेज छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप