बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन

शुक्रबार, १८ वैशाख २०८३, ११ : ५९
शुक्रबार, १८ वैशाख २०८३

मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ आज (शुक्रबार)बाट नेपालमा पनि प्रदर्शनमा आएको छ । फिल्मको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले फिल्म नेपालमा उच्च शो सहित प्रदर्शनमा आएको जानकारी दिए ।

साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणको विषयमा फिल्म बनेको हो । फिल्म मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनमा आधारित छ ।

फिल्मलाई अपभनेता रितेश आफैँले निर्देशन गरेका हुन् भने मुख्य भूमिकामा पनि उनी स्वयं देखिएका छन् । फिल्ममा रितेशका साथै जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मान्जरेकर जस्ता दिग्गज कलाकारहरूको अभिनय छ ।

विशेष कुरा त के छ भने, रितेशका कान्छा छोरा राहिल देशमुखले यस फिल्ममा छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा डेब्यु गरेका छन् ।

जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाले निर्माण गरेको फिल्म आगामी १०० करोड बढी भारतीय रुपैयाँमा निर्माण भएको हो । रितेश देशमुखले निर्देशन गरेको यसअघिको मराठी  फिल्म ‘वेड’ व्यावसायिक रूपमा निकै सफल भएको थियो, जसका कारण ‘राजा शिवाजी’ प्रति दर्शकको ठूलो अपेक्षा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप