दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः बालकसहित १३ जनाको मृत्यु
एजेन्सी । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई हमलामा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
शनिबार मृत्यु हुनेमा चार महिला र एक बालकसमेत रहेका छन् ।
नबातियेह जिल्लाको हाबुशमा इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले पहिले ठाउँ खाली गर्न आदेश जारी गरेको थियो । त्यहाँ भएको हमलामा दुई महिला र एक बालक सहित आठ जनाको ज्यान गएको छ ।
यसैगरी, सिदोन जिल्लाको झरारियामा दुई महिलासहित चार जनाको मृत्यु भएको छ, जबकि टायर जिल्लाको ऐन बालमा अर्का एक व्यक्तिको ज्यान गएको छ । यी हमलाहरूमा कुल ३२ जना घाइते भएका बीबीसीले लेखेको छ ।
इजरायल र हिजबुल्लाहबिच तीन हप्ताका लागि युद्धविरामको म्याद बढाइए पनि लडाइँ जारी छ । शनिबार इरान समर्थित समूह हिजबुल्लाहले लेबनानमा इजरायली सैनिक र सैन्य वाहनहरूलाई निशाना बनाएको बताएको छ ।
इजरायली सेनाले दक्षिणी लेबनानमा बिहीबारको लडाइँका क्रममा आफ्नो एक सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण