गुडिरहेको विमानमा जब यात्रुले आपतकालीन ढोका खोले...
सारांश
- चेन्नई इन्टरनेसनल एयरपोर्टमा एयर अरेबियाको विमान ट्याक्सीवेमा गुडिरहेको बेला एक यात्रुले आपतकालीन ढोका खोलिदिँदा ठुलो दुर्घटना टरेको छ ।
- संयुक्त अरब इमिरेट्सको शारजाहबाट आएको उक्त विमानमा २३१ यात्रु सवार थिए ।
- आरोपी यात्रुलाई प्रहरीले गिरफ्तार गरी मानसिक अवस्थाबारे सोधपुछ गरिरहेको छ ।
चेन्नई । चेन्नई इन्टरनेसनल एयरपोर्टमा एक ठुलो विमान दुर्घटना हुनबाट जोगिएको छ । विमान ट्याक्सीवेमा अगाडि बढिरहेको बेला एक यात्रुले अचानक आपतकालीन ढोका (इमर्जेन्सी गेट) खोलिदिएपछि विमानमा सवार यात्रुहरूमा खैलाबैला मच्चिएको थियो, तर पाइलटको सुझबुझले विमानलाई तत्काल रोकेपछि ठुलो दुर्घटना टरेको हो ।
घटना आइतबार अर्थात् मे ३ को बिहान भएको हो । संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहबाट चेन्नई पुगेको एयर अरेबियाको उक्त उडानमा २३१ यात्रु सवार थिए ।
इन्डिया टुडेको रिपोर्टअनुसार विमान ट्याक्सीवेमा ९रनवे र टर्मिनल जोड्ने तोकिएको बाटो० अगाडि बढिरहेको बेला पुदुकोट्टईका ३४ वर्षीय एक युवकले अचानक आपतकालीन निकास ९इमर्जेन्सी एग्जिट० ढोकाहरूमध्ये एउटा खोलिदिएका थिए ।
पाइलटले खतरा महसुस गरी तत्काल विमानलाई ट्याक्सी पार्किङ एरियामा रोके । उनले यो सम्पूर्ण घटनाबारे अधिकारीहरूलाई जानकारी गराए । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै भारतको सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सका जवानहरू, बम डिस्पोजल स्क्वायड र सशस्त्र दस्ता तत्काल घटनास्थलमा पुगेका थिए ।
फोर्सका अधिकारीहरूले तुरुन्त कारबाही गर्दै आरोपी यात्रुलाई गिरफ्तार गरेका थिए । विमानका पाइलटले यस मामिलामा औपचारिक उजुरी पनि दर्ता गराएका छन् । अधिकारीहरूले ती यात्रुसँग सोधपुछ गरिरहेका छन् र उनको मानसिक अवस्थाबारे पनि जाँच भइरहेको इन्डिया टुडेले लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण