बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

क्यान्सर उपचारमा सोनालीको सबै कपाल झर्योः साथीहरुका लागि लेखिन् यस्तो मेसेज

सोमबार, २१ साउन २०७५, ०९ : ४९
सोमबार, २१ साउन २०७५

सोनाली बेन्द्रेले आइतबार परेको फ्रेन्डशिप डेको मौका पारेर एक फोटो सेयर गरेकी छिन् जसमा उनी सुजैन खान र गायत्री जोशीसँग देखिएकी छिन् । फोटोमा सोनालीको टाउको मुडुलो छ । केही दिन अघि उनले क्यान्सरको उपचारका लागि आफ्नो कपाल काटेकी थिइन् तर अब उनको सबै कपाल झरेको छ । फोटोसँगै उनले एक मेसेज पनि सेयर गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘यो म हुँ । यो अवस्थामा म निकै खुसी छु । अहिले म खुसी छु भन्दा मानिसहरु चकित हुन्छन् तर यो साँचो हो र म यसको कारण बताउँछु । अहिले म प्रत्येक कुरालाई ध्यान दिइरहेको छु र स–सानो कुरामा खुसी हुने मौका खोजिरहेको छु । हो, यो समय पीडादायी छ र म भित्र कम ऊर्जा छ तर म आफूलाई जे मनपर्छ त्यो गरिरहेको छु । आफूलाई मनपर्ने मान्छेसँग समय व्यतित गरिरहेको छु ।’

उनी थप्छिन्, ‘म आफ्ना साथीहरुप्रति निकै कृतज्ञ छु, उनीहरु मेरा शक्तिका खम्बाहरु हुन् । जो आफ्नो व्यस्तताका बावजुद पनि मलाई भेट्ने, फोन र मेसेज गर्ने गर्छन् । उनीहरुले कहिले पनि मलाई एक्लो महसुस गर्न दिएनन् । मलाई वास्तविक साथी कस्तो हुन्छ भनी महसुस गराएकोमा धन्यवाद । ह्याप्पी फ्रेन्डशिप डेज । फोटोमा नभएकाहरुलाई पनि ।’

सोनालीले फोटोका लागि ऋतिक रोशनलाई क्रेडिट दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप