भाटभटेनीको भित्तामा मीनबहादुरको प्रार्थना– ‘हे भगवान् ! नेपालमा अब कहिल्यै यस्तो नहोस्’
सारांश
- पोखरा न्यूरोडस्थित भाटभटेनी सुपरमार्केट ८ महिनापछि पुनः निर्माण गरी सञ्चालनमा आएको छ ।
- आगजनी र तोडफोड भएको घटनाको तस्बिरसहित अध्यक्ष मीनबहादुर गुरुङले 'अबउप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्' भन्ने प्रार्थना गरेको तस्बिर राखिएको छ ।
- पूर्ण सञ्चालनमा आउन केही समय लागे पनि हाल दैनिक १० बजेदेखि सञ्चालनमा रहेको सुपरमार्केटले ग्राहकलाई सहज, सुरक्षित र गुणस्तरीय किनमेलको अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
पोखरा । झकिझकाउ विज्ञापन, फ्लेक्स र एलईडी स्क्रिनले भरिने पोखरा न्यूरोडस्थित भाटभटेनी सुपरमार्केटको भित्तो यतिबेला फेरिएको छ । ८ महिनाअघि जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि खरानी बनेको सुपरमार्केट पुरानै ठाउँमा पुनः निर्माणपछि सञ्चालनमा आएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी भएको भाटभटेनीको तस्बिर भित्तामा टाँसिएको छ । तस्बिरको अगाडि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले दुवै हात जोडेर प्रार्थना गरिरहेको फोटो छ ।
उनले भनेका छन्, ‘हे भगवान् ! अबउप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।’ ८ महिना मर्मतसम्भार गरेपछि सोमबारबाट सुपरमार्केट खुला गरिएको हो ।
सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानू पौडेलका अनुसार निर्माण कार्य बाँकी भएकोले पूर्ण सञ्चालनमा ल्याउन अझै केही समय लाग्नेछ । अहिले दैनिक बिहान १० बजेदेखि खुल्नेछ । पौडेलले आगामी दिनमा आधुनिक पूर्वाधार र व्यवस्थित सपिङ वातावरणसहित ग्राहकहरूलाई सहज, सुरक्षित र गुणस्तरीय किनमेलको अनुभव प्रदान गर्न भाटभटेनी प्रतिबद्ध रहेको जानकारी दिए ।
भाटभटेनी पुनः सञ्चालनमा आएसँगै सकारात्मक सन्देश निर्माण भएको छ । दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स लगायतका सम्पूर्ण सामग्री एकै छानामुनि पाइने भएकाले पोखरेली उपभोक्तालाई ठुलो राहत मिलेको छ । विनाशकारी घटनापछि पनि ग्राहक र शुभचिन्तकले दिएको साथप्रति अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गरेका छन् । विगतमा जस्तै व्यवस्थापनलाई चुस्त राख्दै ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने उनले बताए ।
‘कठिन परिस्थितिमा पनि हामीप्रति देखाउनुभएको धैर्यता, विश्वास र सहयोगप्रति हामी अत्यन्तै कृतज्ञ छौँ,’ गुरुङले भने, ‘आगामी दिनहरूमा पनि ग्राहकहरूको यस्तै निरन्तर साथ, सहयोग र विश्वास रहने हाम्रो अपेक्षा छ ।’ जेनजी आन्दोलनका क्रममा धेरै क्षति व्यहोर्ने निजी क्षेत्रमध्ये भाटभटेनी प्रमुख हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण