तनहुँमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी
मङ्गलबार, २२ वैशाख २०८३, १३ : ४४
सारांश
- तनहुँमा एक ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५१ वर्षीय शम्भु लाल सार्की पक्राउ परेका छन्।
- महिलाले दिएको उजुरीको आधारमा प्रहरीले सार्कीलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका सार्कीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
तनहुँ । तनहुँमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भानु नगरपालिका–११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्कीलाई नियन्त्रणमा लिएको हो।
शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। पीडितको तर्फबाट परेको उजुरी लगत्तै प्रहरी चौकी रूपाकोटबाट खटिएको विशेष टोलीले सक्रियता बढाएर आरोपी सार्कीलाई सोमबार दिउँसो पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका सार्कीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा यस सम्बन्धमा थप आवश्यक अनुसन्धान तथा कानुनी प्रमाण जुटाउने काम तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण