मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

फिल्म ‘लालीबजार’ विवाद : चलचित्र जाँच समितिले गरेकाे निर्णयको फाइल झिकाउने आदेश

मङ्गलबार, २२ वैशाख २०८३, १४ : ५०
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ प्रदर्शनमा रोक विरूद्ध दायर रिटमा चलचित्र जाँच समितिबाट अनुमति दिने गरी भएको निर्णयको फाइल झिकाउने आदेश दिएको छ।
  • चलचित्र जाँच समितिबाट कागज झिकाउँदै न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले वैशाख २३ गते छलफलका लागि पेसी तोकेको छ।
  • वादी रोशनी नेपालीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्।

काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ प्रदर्शनमा रोक विरूद्ध दायर रिटमा चलचित्र जाँच समितिबाट अनुमति दिने गरी भएको निर्णयको फाइल झिकाउने आदेश दिएको छ। 

मङ्गलबार न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले चलचित्र जाँच समितिबाट कागज झिकाउँदै छलफलका लागि वैशाख २३ गते पेसी तोकेको छ।

अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो।

रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् । मुद्दामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतलाई विपक्षी बनाइएको छ ।

१८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप