सम्बन्धविच्छेद गरेको ६ महिनापछि रोडिजका जज रघुरामले गरे इन्गेजमेन्ट
एमटीभीको कार्यक्रम रोडिजका जज रघुरामले जनवरी सन् २०१८ मा श्रीमती सुगन्धा गर्गसँग सम्बन्धविच्छेद गरेका थिए । सम्बन्धविच्छेदको ६ महिनापछि रघुले इन्गेजमेन्ट गरेका छन् । यसबारे रघुले नभई उनका साथीहरुले इन्गेजमेन्टका तस्बिर शेयर गरेपछि खुलासा भएको हो ।
टोरोन्टोमा भएको यो इन्गेजमेन्टमा नायक करणबीर आफ्नी श्रीमतीसँग पुगेका थिए ।
रघुले क्यानाडेली गायिका नताली डि लुसियोसँग इन्गेजमेन्ट गरेका हुन् । दुबै निकै लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।
केही समयअघि सोसल मिडियामा रघुले नटालीसँगको तस्बिर सेयर गरेर आफ्नो प्रेम दर्साउँदै लेखेका थिए, ‘आई लभ यु’ ।
यस्तै, नताली पनि आफ्नो सोसल मिडिया अकाउन्टमा रघुका लागि प्रेम दर्साउँछिन् । यी दुईले एक वर्षसँगै बसेपछि एनिभर्सरी मनाउँदै पहिलो पटक आफ्नो सम्बन्ध स्विकारेका थिए ।
नतालीले फिल्म इंगलिश विंग्लिश, चेन्नई एक्सप्रेश, लेडिज भर्सेस रिकी बहलजस्ता फिल्ममा गीत गाएकी छिन् ।
नताली रघुराम अघि टेलिभिजन एक्टर एजाज खानलाई चार वर्षसम्म डेट गरिसकेकी छिन् । रघु थुप्रै रियालिटी शोमा सहभागी भइसकेका छन् । उनी रोडिज र स्पिल्ट्सभिल्लाका निर्माता पनि हुन् । यस्तै, सुगन्धाले फिल्म ‘जाने तू या जाने ना’ र ‘तेरे बिन लादेन’ मा काम गरेकी छिन् ।
सुगन्धा गर्गसँग १० वर्षको वैवाहिक सम्बन्धलाई आपसी सहमतीमा तोडेका थिए । दुबैले आफ्नो सम्बन्धविच्छेदको अबर सोसल मिडियामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण