अभ्यासका क्रममा रोबिन्हो जुनियरलाई थप्पड हानेपछि नेयमारले मागे माफी
सारांश
- ब्राजिलका स्टार फुटबलर नेयमारले अभ्यास सत्रका क्रममा आफ्नै क्लबका युवा सहकर्मी रोबिन्हो जुनियरलाई थप्पड हानेकोमा माफी मागेका छन्।
- १८ वर्षीय रोबिन्हो जुनियरलाई थप्पड हानेको आरोप लागेपछि नेयमारले आफ्नो गल्ती स्वीकार गर्दै रिसलाई नियन्त्रण गर्न नसकेको बताएका छन्।
- यद्यपि, दुवै खेलाडीबीच आपसी असमझदारी हटिसकेको छ र नेयमारले रोबिन्हो जुनियरलाई अँगालो हालेर खुसीयाली मनाएका छन्।
ब्रासिलिया । ब्राजिलका स्टार फुटबलर नेयमारले अभ्यास सत्रका क्रममा आफ्नै क्लब सान्तोसका युवा सहकर्मी रोबिन्हो जुनियरलाई थप्पड हानेकोमा माफी माग्दै आफूले सीमा नाघेको स्वीकार गरेका छन्।
१८ वर्षीय फरवार्ड रोबिन्हो जुनियरले अभ्यासका क्रममा ३४ वर्षीय नेयमारलाई ड्रिबल गरेर अगाडि बढेपछि नेयमारले थप्पड हानेको आरोप लगाएका थिए। यस घटनापछि ब्राजिलियन क्लब सान्तोसले अनुसन्धान सुरु गरेको थियो।
यद्यपि, उनीहरूले आपसी असमझदारी हटाउँदै रे पेले ट्रेनिङ सेन्टरमा भएको उक्त घटना अब सल्टिएको मंगलबार स्पष्ट पारेका छन्। ब्राजिलका लागि इतिहासमै सबैभन्दा बढी ७९ गोल गरेका पूर्व बार्सिलोना तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले माफी माग्दै भनेका छन्, ‘यदि मिडियाको अगाडि माफी चाहिएको हो भने, म माफी माग्छु।’
मंगलबार कोपा सुडामेरिकाना अन्तर्गत रेकोलेटाविरुद्ध भएको १–१ गोलको बराबरी खेलमा सान्तोसका तर्फबाट गोल गरेपछि नेयमारले बेन्चमा रहेका रोबिन्हो जुनियरलाई अँगालो हालेर खुसीयाली मनाएका थिए। रोबिन्हो जुनियर नेयमारका पूर्व ब्राजिलियन सहकर्मी एवं रियल म्याड्रिड र म्यान्चेस्टर सिटीका पूर्व खेलाडी रोबिन्होका छोरा हुन्।
आफ्नो गल्ती स्वीकार गर्दै नेयमारले थपेका छन्, ‘मैले अलि बढी नै प्रतिक्रिया जनाएँ, त्यो फरक तरिकाले सुल्झाउन सकिन्थ्यो तर मैले आफ्नो रिसलाई नियन्त्रण गर्न सकिनँ। गल्ती सबैबाट हुन्छ, यो मेरो र उसको दुवैको गल्ती थियो तर मैले अलि बढी नै गल्ती गरेँ। उ मलाई निकै मनपर्छ र म उनलाई विशेष स्नेह गर्छु। फुटबलमा यस्तो भइरहन्छ, आफ्नो साथी वा भाइसँग झगडा हुनु फुटबलकै एउटा हिस्सा हो।’
रोबिन्हो जुनियरले पनि नेयमारले तत्कालै आफ्नो गल्ती महसुस गरेको र झगडाका लागि पटक–पटक माफी मागेको बताएका छन्। उनले भनेका छन्, ‘यो घटनाले मलाई निकै दुःखी बनाएको थियो किनभने बाल्यकालदेखि नै नेयमार मेरो आइडल हुन्। हाम्रो वरपरका मानिसहरूले सत्य नभएका धेरै कुराहरू गरिरहेका छन् र यसले यो स्तरको रूप लिएको देख्दा दुःख लाग्छ। तर म ठीक छु, हामीबिच कुरा भएर सबै कुरा मिलिसकेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण