लेभान्तेद्वारा ओसासुना ३–२ ले पराजित
सारांश
- स्पेनिस ला लिगा फुटबलमा लेभान्तेले ओसासुनालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
- ओसासुनाले सुरुवातमै जेरेमी टोल्यानको आत्मघाती गोल र एन्टे बुडिमिरको गोलबाट २-० को अग्रता लिएको थियो ।
- लेभान्तेका भिक्टर गार्सियाले ३५औं र ३७औं मिनेटमा लगातार गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको थियो भने खेलको ९०औं मिनेटमा एटा इयोङले निर्णायक गोल गरे ।
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा लेभान्तेले ओसासुनालाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
खेलको सुरुवातमा ओसासुनाले बलियो पकड बनाएको थियो । तेस्रो मिनेटमा जेरेमी टोल्यानको आत्मघाती गोलबाट अग्रता लिएको ओसासुनाका लागि ११औँ मिनेटमा एन्टे बुडिमिरले गोल गर्दै टोलीलाई २–० को स्थितिमा पुर्याएका थिए ।
तर, लेभान्तेले उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्कियो । लेभान्तेका लागि भिक्टर गार्सियाले खेलको ३५औँ र ३७औँ मिनेटमा लगातार दुई गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । पहिलो हाफको अन्तिम समय अर्थात् ४५औँ मिनेटमा ओसासुनाका सर्जियो हेरेराले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ओसासुना १० खेलाडीमा सीमित हुन पुग्यो ।
दोस्रो हाफमा १० खेलाडीमा झरेको ओसासुनालाई दबाबमा राख्दै लेभान्तेले जितका लागि निकै संघर्ष गर्नुपर्यो । अन्ततः खेलको ९०औँ मिनेटमा एटा इयोङले निर्णायक गोल गर्दै लेभान्तेलाई रोमाञ्चक जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण