बलात्कार र बालबालिकासम्बन्धी कसुरमा कडा सजायको तयारी, आगामी अधिवेशनमा विधेयक पेस हुने
सारांश
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बलात्कार र बालबालिका सम्बन्धी कसुरमा कडा सजायको व्यवस्था गर्न कानुनी संशोधन प्रक्रिया अगाडि बढाएको बताएकी छन्।
- अपराध संहिता लगायतका कानुनमा रहेका अवरोधहरू पहिचान गरी दोषीलाई दण्ड सुनिश्चित गर्न सरकारले गृहकार्य गरिरहेको छ।
- यस सम्बन्धमा अध्ययन कार्यदलको प्रतिवेदनलाई आधार मानेर संसद्को आगामी अधिवेशनमा संशोधन विधेयक पेस गरिनेछ।
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले जबरजस्ती करणी, यौनजन्य हिंसा र बालबालिका सम्बन्धी जघन्य अपराधमा संलग्नहरूलाई कडा दण्ड-सजाय सुनिश्चित गर्न कानुनी संशोधनको प्रक्रिया अगाडि बढेको जानकारी दिएकी छन्।
मन्त्री गौतमले आफ्नो फेसबुक पोस्टमार्फत बलात्कार र बलात्कारपछि हुने हत्या जस्ता गम्भीर कसुरमा पीडितलाई शीघ्र न्याय प्रदान गर्न अपराध संहिता लगायतका कानुनमा देखिएका अवरोधहरू पहिचान गरिएको बताएकी हुन्।
यस विषयमा मिहिन रूपमा अध्ययन गरी आवश्यक संशोधनका लागि गठन गरिएको अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन पेस गरिसकेको छ। कानुनमा रहेका छिद्रहरूलाई हटाएर दोषीलाई कानुनी कठघरामा ल्याउन र दण्ड सुनिश्चित गर्न सरकारले गृहकार्य गरिरहेको उनले उल्लेख गरेकी छन्।
‘उक्त प्रतिवेदनलाई आधार मानेर संसद्को आगामी अधिवेशनमा संशोधन विधेयक पेस गरिनेछ,’ मन्त्री गौतमले भनेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण