बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कन्सर्ट दिइरहेका निक जोनासलाई हौसला बढाइरहेको देखिइन् प्रियंका चोपडा

मङ्गलबार, २२ साउन २०७५, ०९ : ४९
मङ्गलबार, २२ साउन २०७५

प्रियंका चोपडा आजकाल अमेरिकी गायक निक जोनससँग समय बिताउनका लागि कुनै मौका छोड्दिनन् । हालै उनलाई सिंगापुरमा भएको एक कन्सर्टमा निकलाई चियर गरिरहेको देखिइन् ।

कन्सर्टको क्रममा लिइएको फोटो र भिडियोमा उनी मज्जाले नाचिरहेको देख्न सकिन्छ । प्रियंकाका थुप्रै प्रशंसकले सोसल मिडियामा निकको कन्सर्टको फोटो र भिडियो सेयर गरेका छन् ।

उक्त कन्सर्टमा आफ्नो प्रस्तुती दिने अर्का इन्डोनेशियाली गायक अफगानस्याह रेजाले पनि निक र प्रियंकासँग छुट्टा छुट्टै बसेको फोटो सोसल मिडियामा सेयर गरेका छन् । जसमा उनले क्याप्सन लेखेका छन्, ‘सबैभन्दा विनम्र मानिसमध्येका एक, धन्यवाद प्रियंका चोपडा, तपाईंलाई भेट्दा सधैं सुखद अनुभव हुन्छ ।’

रेजा र प्रियंकाको फोटो निकले खिचेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप