तटबन्धकाे उचाइ बढाउन स्थानीयको माग
टीकापुर । कैलालीको टीकापुर–५ दौलतपुरस्थित कर्णाली नदीमा निर्माण भइरहेको तटबन्ध उचाइ कम भएकाले उचाइ बढाउन स्थानीयले माग गरेका छन् ।
उचाइ होचो भएकाले नदीमा पानीको बहाव बढेका बेला जोखिम कम नहुने स्थानीयको गुनासो छ । नदी किनारको उचाइ १२ मिटर भए पनि नौ मिटर कङ्क्रिटसहित तटबन्ध र त्यसको माथि एक मिटर ग्राभेल गरेर १० मिटर मात्र बन्न थालेको भन्दै स्थानीयले किनारको उचाइ बराबर बनाउन माग गरेका छन् । विसं २०७० मा चिसापानीमा पानीको बहाव १६ मिटर पुग्दा यहाँ १२ मिटर माथिबाट पनि पानी अति प्रवाह (ओभरफ्लो) भएर गाउँमा क्षति भएकाले तटबन्ध निर्माणमा समयमै ध्यान दिनुपर्ने कर्मीडाँडाका सिंहराज बुढामगरले बताए ।
“तटबन्ध दीर्घकालीन सोचका साथ बनाउनुपर्छ, यसअघि नै जोखिम मोलिसकेका नागरिक सुरक्षित राख्न तटबन्धको उचाइ पर्याप्त भएन”, उनी भन्छन्, “दुई मिटर होचो बन्दैछ, यसको उचाइ कम भयो । उचाइ बढाउन सबै क्षेत्रबाट पहल गरिदिन आग्रह गर्दछु । बर्खामा नदीमा पानीको बहाव बढेमा जोखिम हुन्छ ।”
तटबन्धको उचाइ कम भएकै कारण बर्सातमा कर्णाली नदीको पानी गाउँमा पसेमा टीकापुर–५ मात्र नभई तल्लो क्षेत्रका वडा ६, ७, ८ र ९ लाई पनि असर गर्ने देखिन्छ । यहाँ हरेक वर्ष आउने बाढीले कर्णाली नदीको पानी बस्तीमा पस्ने जोखिम रहेको छ । हरेक वर्ष तटीय क्षेत्रका दर्जनौँ परिवार बर्खामा घर छोड्नुपर्ने वाध्यता रहेको दक्षिण साहीपुरका बरघर धर्मराज जैशीको भनाइ छ । “अहिले बनिरहेको तटबन्ध उचाइ कम भएकाले जोखिम घट्ने देखिँदैन”, जैसी भन्छन्, “स्थानीयको डर घटेको छैन ।”
यहाँ रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माण कम्पनीले ठेक्का लिएर तटबन्ध गरिरहेको छ । आयोजनाले दिएको लागत अनुमानअनुसार काम गरिरहेको निर्माण कम्पनीले बताएको छ । “काम गर्ने क्रममा केही ठाउँहरु भत्काएर काम भइरहेको छ । भत्काएका ठाउँमा निर्माण चलिरहेको छ”, निर्माण कम्पनीका साइड इञ्चार्ज ओभरसियर माधवप्रसाद लेखकले भने, “सम्झौताअनुसार काम भइरहेको छ ।”
रानीजमरा कुलरिया सिँचाइ आयोजनाका सुपरभाइजर रामकृष्ण चौधरी अहिलेको काम लागत अनुमानअनुसार नै भइरहेको बताए । “यस्तो लागत अनुमान किन बन्यो भन्नेबारे आफूलाई जानकारी छैन, मैले मेरो जिम्मेवारी निगरानी गर्ने काम गरिरहेको छु”, उनले भने ।
कर्णाली नदीमा निर्माण कम्पनीले दुई हजार ३६३ घनमिटरको ठेक्का लिएर तटबन्ध निर्माण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण