तीन बालक होस्टेलबाट निस्किएपछि....
सारांश
- सिरहाको लहानस्थित एक बोर्डिङ स्कुलको होस्टेलबाट निस्किएका तीन बालकलाई सप्तरी प्रहरीले फेला पारेर अभिभावकको जिम्मा लगाएको छ ।
- वैशाख २८ गते बिहान करिब ४ः३० बजे सुरुङ्गा नगरपालिका–४ कदमाहा क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले तीन बालकलाई पैदल हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।
- फेला परेका बालबालिका सप्तरीको बोदेबरसाइन नगरपालिका–३ गौराटोलका हुन् र प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी अभिभावकको जिम्मा लगाएको छ ।
सप्तरी । सिरहाको लहानस्थित एक बोर्डिङ स्कुलको होस्टेलबाट निस्किएका तीन बालकलाई सप्तरी प्रहरीले फेला पारेर अभिभावकको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार वैशाख २८ गते बिहान करिब ४ः३० बजे सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले तीन बालकलाई पैदल हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।
प्रहरी चौकी लक्ष्मीपुरबाट प्रहरी सहायक निरीक्षक संजय झाको कमाण्डमा खटिएको टोलीले लहानबाट कदमाहातर्फ जाँदै गरेका बालकलाई शंकास्पद अवस्थामा देखेपछि सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा उनीहरू सिरहाको लहानस्थित गोल्डेन इङ्गलिश बोर्डिङ स्कुलको होस्टेलमा बस्दै अध्ययनरत रहेको र कसैलाई जानकारी नदिई होस्टेलबाट निस्किएको खुलेको प्रहरीले जनाएको छ ।
फेला पर्नेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–३ गौराटोल निवासी १२ वर्षीय, १० वर्षीय र ७ वर्षीय बालबालिका रहेका छन् । प्रहरीले तीनै बालकलाई प्रहरी चौकी लक्ष्मीपुरमा राखेर आवश्यक प्रक्रिया पूरा गरेपछि अभिभावकको जिम्मा लगाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण