प्रतिनिधि सभामा ८ अध्यादेश पेस
सारांश
- प्रतिनिधिसभामा ८ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् ।
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद, सार्वजनिक पदाधिकारीको पदमुक्ति र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक पेस गरिन् ।
- अर्थ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसंख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीहरूले पनि आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित अध्यादेशका प्रतिस्थापन विधेयक पेस गरेका छन् ।
काठमाडौँ । प्रतिनिधि सभामा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका ८ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा चलिरहेको प्रतिनिधिसभा बैठकमा ती अध्यादेश प्रतिस्थापन विधेयक पेस भएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ३ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस गरिन् । मन्त्री गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ को प्रतिस्थापन विधेयक पेस गरिन् ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरे ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण