नीति तथा कार्यक्रममा प्रतिपक्षको असहमति छ, समितिले अनुमोदन गरेको नठानियोस्: पुष्पराज कँडेल
सारांश
- एमाले सांसद पुष्पराज कँडेलले सरकारको नीति तथा कार्यक्रममा प्रतिपक्षको असहमति रहेको बताएका छन्।
- उनले अर्थ समितिमा हुने छलफल वा प्रक्रियालाई सरकारको नीति तथा कार्यक्रमको अनुमोदनका रूपमा नलिन आग्रह गरे।
- कँडेलले आफूलाई सार्वजनिक वित्त उपसमितिमा राखिएकोमा सहमति जनाउँदै आफ्नो ज्ञान र अनुभवले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । एमाले सांसद पुष्पराज कँडेलले सरकारको नीति तथा कार्यक्रममा प्रतिपक्षको 'रिजर्भेसन' (असहमति) रहेको बताएका छन् ।
मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै कँडेलले नीति तथा कार्यक्रमका विषयमा प्रतिपक्षका धेरै असहमतिहरू रहेको र ती कुराहरू संसदमै उठाइने जानकारी दिए ।
बैठकमा उनले अर्थ समितिमा हुने छलफल वा प्रक्रियालाई सरकारको नीति तथा कार्यक्रमको अनुमोदनका रूपमा नलिन आग्रह गरे ।
'प्रतिपक्षका आफ्ना रिजर्भेसनहरू छन्, ती कुराहरू हामी संसदमै उठाउँछौँ,' कँडेलले भने, 'त्यसैले अर्थ समितिले यसलाई अनुमोदन गर्यो भन्ने अर्थ नलागोस् ।'
यस्तै, समितिले गठन गरेको सार्वजनिक वित्त उपसमितिमा आफूलाई राखिएकोमा उनले सहमति जनाए। आफ्नो ज्ञान र अनुभव भएको क्षेत्र भएकाले उपसमितिको काममा सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
'मलाई एउटा उपसमितिमा राख्नुभएको छ, ठिकै छ। मेरो अलिअलि ज्ञान भएकै क्षेत्र हो, त्यसमा म सहयोग गर्नेछु,' उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण