मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
संसद्

आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

मङ्गलबार, २९ वैशाख २०८३, ११ : ५०
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • मंगलबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
  • बैठकमा नेपाली कांग्रेसका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमालेका नेता रामबहादुर थापा, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका नेता हर्क बहादुर राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सभापति रवि लामिछाने वा उपनेताले सम्बोधन गर्ने विषयमा संसदीय दलको बैठकले टुंगो लगाउनेछ ।

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।  मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा सत्तारुढ दल रास्वपाबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने कि दलको उपनेताले सम्बोधन गर्ने भन्ने विषय टुंगो लागेको छैन । यसबारे केही बेरमा बस्ने संसदीय दलले टुंगो लगाउने सचेतक प्रकाशचन्द परियारले जानकारी दिए ।

 प्रमुख प्रतिपक्ष दल तथा नेपाली कांग्रेस दलका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

 पूर्वप्रधानमन्त्रीको हैसियतले सम्बोधनका लागि प्रचण्डले विशेष समय माग गरेका छन् । निर्वाचित भएपछि उनले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

 हिजो बसेको दलको बैठकमा सरकारले संसद् छलेर अध्यादेश ल्याएको, उचित व्यवस्थापन नगरी काठमाडौँ उपत्यकाका नदी किनारबाट सुकुम्बासी बस्ती हटाएको लगायत विषयमा सरकारको खबरदारी गर्ने निर्णय गरेको थियो । 

यस्तै श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क बहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन् । 

बजेट अधिवेशनको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप